रुपन्देहीको सैनामैनाबाट प्रतिबन्धित गाँजा सहित ५८ वर्षिय पुरुष पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी निरीक्षक प्रलाद के.सीको कमाण्डमा खटिएको प्रहरी टोलीले सैनामैना नगरपालिका वडा न.१ परमेश्वर टोल बस्ने खेमराज गौतमलाई उनकै घरबाट पक्राउ गरेको हो । प्रहरीले गौतमको घरमा लुकाईछिपाई गरेको अवस्थामा ५ के.जी ५ सय ग्राम गाँजा बरामद गरेको छ ।
पक्राउ परेका गौतमलाई आवश्यक कार्वाहीका लागी ईलाका प्रहरी कार्यालय बुटवल पठाईएको छ ।अवैध रुपमा हुने लागुऔषधको प्रयोग र कारोबारलाई निरुत्साहित बनाउन रन्यौरा प्रहरीले विशेष सुरक्षा रणनिति बनाएर अघि बढेको देखिन्छ । लागुऔषध दुव्र्यसनी सम्बन्धी सचेतनामुलक कार्यक्रम समेत सञ्चालन भैरहेको प्रहरी जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्