सुरेश परियार,जेठ २६ गते । फरार कर्तव्य ज्यानका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पाल्पा जिल्ला माथागढी गाउँपालिका वडा न.१ बस्ने वर्ष १८का नरविर नेपालीलाई हत्या गरि १४ वर्ष सम्म फरार रहेका सोही स्थानका सन्त बहादुर सार्कीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरिक्षक पवन कुमार भट्टाराईले जानकारी दिए ।
एसपी भट्टाराईका अनुसार भारतमा लुकिछिपि रहदैँ आएका वर्ष ५७ का सार्कीलाई रुपन्देहीको सिद्धार्थ नगरपालिका वडा न.१ बेलहियाबाट समातिएको हो । भारतबाट नेपाल फर्किने क्रममा पाल्पा प्रहरीको विशेष टोलीले अभियुक्तलाई पक्राउ गर्न सफल भएको हो ।पक्राउ परेका सार्की उपर मुलुकी अपराध संहिता,२०७४को दफा १७७ बमोजिम ज्यान सम्बन्धी कसुरमा जिल्ला अदालत,पाल्पाबाट फौजदारी कार्यविधि संहिता,२०७४ दफा १४(१) बमोजिम म्याद थप गरि अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
पाल्पा प्रहरीको अहिले सम्मकै ठुलो सफलता मानिएको छ । अपराधिक गतिविधिलाई नियन्त्रणमा लिई समाजमा शान्ति,सुरक्षा,अमनचयन कायम गर्न पाल्पा प्रहरी दत्तचित्त भएर लागेको उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्