मुख्य समाचार

शैक्षिक उन्नयनमा नवदिपको भुमिका,वक्तृत्वकलामा प्रथम बन्यो सुनगाभा

रुपन्देहीको सैनामैनामा भएको वक्तृत्वकला प्रतियोगितामा सुनगाभा पब्लिक माध्यामिक विधालय प्रथम स्थान हाँसिल गरेको छ ।सैनामैना नगरपालिका वडा न.३ स्थित नवदीप बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा भएको वक्तृत्वकला प्रतियोगितामा ८ वटा स्कुललाई पछि पार्दै सुनगाभा पब्लिक माध्यामिक विधालयकी छात्रा कृष्टना ज्ञवाली प्रथम भएकी हुन् ।

यस्तै,प्रतियोगितामा द्धितिय न्यु एकेडेमी बोर्डिङ्ग स्कुलकी सदिक्षा थापा,तृतिय प्रभावत आवासीय बोर्डिङ्ग स्कुलकी कृतिमा उपाध्याय र सान्त्वना स्थान मलमला माविका भुवन क्षेत्री भएका हुन् । प्रथम हुने स्कुलले पुरस्कार स्वरुप रु.८ हजार १ सय र प्रमाणपत्र,द्धितिय हुने स्कुलले नगद राशी रु.५ हजार १ सय र प्रमाणपत्र,तृतिय हुने स्कुलले रु.३ हजार १ सय र सान्त्वना हुने स्कुलले नगर रु.१५ सय र प्रमाण पत्र ग्रहण गरेका छन् ।

कार्यक्रममा सैनामैना नगरपालिकाका पुर्वनगरप्रमुख चित्रबहादुर कार्कीले विद्यार्थीहरूको सर्वाङ्गीण विकास यि प्रतियोगिताले महत्वपुर्ण भुमिका खेल्ने उल्लेख गरे । कार्यक्रममा संस्थाका सल्लाहकार धनबहादुर कार्कीले सधैंभरि किताबी ज्ञान संगै प्रयोगात्मक सिकाईले विधार्थीहरुमा परिपक्ता आउने दर्साए ।लेखा समितिका संयोजक दीपक भण्डारीले आजका विद्यार्थी भोलिका राष्ट्रका कर्णधार भएको बताए ।

“समृद्धको समाजको आधार सहकारी“ शीर्षकमा सो प्रतियोगिता भएको हो । प्रतियोगितामा निर्णायकको भूमिकामा लक्ष्मी आचार्य पौडेल,सुशिला गौतम आचार्य र पिंकी थापा रहेका थिए ।कार्यक्रममा संस्थाका अध्यक्ष गणेश कुमार खनालको अध्यक्षता एवं शिक्षा उपसमिति सदस्य धनबहादुर रानाको स्वागत र कार्यक्रम संयोजक गोविन्द खरेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो। सैनामैना नगरपालिका वडा नम्बर २ मा अवस्थित ग्लोबल पार्टी प्यालेसको सभा हलमा भएको कार्यक्रममा सैनामैना भित्रका ९ विद्यालयले भाग लिएका थिए ।

सम्बन्धित समाचार