सुरेश परियार,जेठ ८ गते । पछिल्लो समय ठुलादल भनिएका एमाले,कांग्रेस,माओवादी केन्द्रप्रति जनतामा निराश छाएको छ । पटक–पटक सत्ता सञ्चालनमा उभिएका यि दलहरुले अपेक्षा अनुसार काम गर्न नसक्दा आजित हुन थालेको जनताको आरोप छ ।तेति मात्र होईन हरेक चुनावमा आंशिक रुपमा नयाँ दल वा स्वतन्त्र उम्मेदवारहरुलाई जनताले मत दिन थालेका छन् ।
रुपन्देहीको सैनामैनामा २३ वर्षिय युवाले एमाले,कांग्रेसको गठबन्धनलाई पछार्दै सरौलीटोल विकास समितिको अध्यक्षमा निर्वाचित भएका छन्।राष्ट्रिय स्वतन्त्र पार्टि सैनामैना वडा न.२का पुर्र्ववडा सभापति समेत रहेका केशव घिमिरेले फराकिलो मतका साथ गठबन्धनलाई हराएका हुन् ।
अध्यक्ष पदका लागी बिहिबार भएको सरौली टोलविकास समितिको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टिबाट उम्मेदवार दिएका २३ वर्षिय केशव घिमिरेले ८१ मत,एमाले कांग्रेसबाट उठेका निर्मला आचार्यले ३५ मत र राप्रपाबाट अध्यक्ष पदमा उठेका गोपाल भण्डारीले ४१ मत प्राप्त गरेका हुन् ।उक्त टोलमा जम्मा घरधुरी १७२,खसेको मत १५९ थियो भने २ वटा मत बदर भएको थियो ।टोलविकास समितिका अन्य पदाधिकारी एवं सदस्यहरुमा सहमतिमै चयन गरिएको थियो ।
सम्भवत : रुपन्देही जिल्लामै कान्छो टोल विकास समिति अध्यक्ष बन्न केशव घिमिरे सफल भएका छन् । सो टोल विकास समितिले १० महिना पछि नयाँ नेतृत्व पाएको छ ।सैनामैना नगरपालिका वडा न.२मा ११ वटा टोलविकास समिति रहेका छन् ।
सैनामैना नगरपालिका वडा न.२का वडाअध्यक्ष अम्मर कंडेलले सो टोलविकासको अध्यक्ष पदका लागी पटकपटक सहमतीकै माध्यमबाट नेतृत्व चयनका लागी प्रयास गरेता पनि प्रयास विफल भएसंगै चुनावमा होमिएको स्थानीयहरुले जानकारी दिए ।
घिमिरे बुटवल बहुमुखी क्याम्पसमा बि.बि.एस.चौथो वर्ष व्यवस्थापन संकाय तर्फ अध्ययनरत विधार्थी हुन् ।टोलबासीहरुले उठाएका मुद्धाहरुलाई वडा तथा पालिकामा उठान एवं पैरबी गर्ने प्रतिबद्धता नवअध्यक्ष घिमिरेले गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्