मुख्य समाचार

रुपन्देहीमा सबैभन्दा कम बेरुजु आउने पालिका कञ्चन

  • रुपन्देहीका १५ वटा पालिकालाई पछि पार्दै कञ्चन गाउँपालिका गत वर्ष जस्तै यस वर्ष पनि कम बेरुजु आउनेमा पहिलो पालिका बनेको महालेखा परिक्षकले जनाएको छ । बेरुजुको अवस्थालाई कुनै पनि सार्वजनिक निकायको वित्तिय शुसासन,पारदर्शिता,जवाफदेहिता,आर्थिक अनुशासन जस्ता तत्व संग जोडेर हेर्ने गरिन्छ । कञ्चन गाउँपालिकाले विगतका प्रयासहरुलाई जारी राख्दै आर्थिक शुसासनको पक्षलाई केन्द्रविन्दुमा राखी कार्यसम्पादन गर्दा बेरुजुको अवस्था न्युन राख्न सफल भएको हो । जिम्मेवार जनप्रतिनिधि तथा कुशल कर्मचारीको अथक प्रयासबाट यो सफलता हाँसिल गरेको गाउँपालिकाका अध्यक्ष नवराज ढकालले जानकारी दिए ।

सुरेश परियार,जेष्ठ १ गते।कञ्चन गाउँपालिका जिल्लामा फेरी पनि सबैभन्दा कम बेरुजु ल्याउने पालिका बनेको छ । रुपन्देहीका १५ वटा पालिकालाई पछि पार्दै कञ्चन गाउँपालिका गत वर्ष जस्तै यस वर्ष पनि कम बेरुजु आउनेमा पहिलो पालिका बनेको महालेखा परिक्षकले जनाएको छ ।सरकारी कार्यालयको अन्तिम लेखा परिक्षण गर्ने संवैधानिक अंग महालेखा परिक्षक कार्यालयले आफनो ६२ औँ प्रतिवेदन सार्वजनिक गर्दै आ.व २०८०÷०८१को वार्षिक लेखा परिक्षणमा रुपन्देहीको कञ्चन गाउँपालिका पहिलो बेरुजु कम गर्ने पालिका भएको हो ।

आ.व २०८०÷०८१मा कुल लेखा रकम १ अर्ब २७ करोड बराबरको लेखा परिक्षण रकममा जम्मा रु.९६ लाख मात्र बेरुजु कायम गरि रुपन्देहीको कञ्चन गाउँपालिले सबै भन्दा कम बेरुजु ल्याउन सफल भएको हो ।बेरुजुको अवस्थालाई कुनै पनि सार्वजनिक निकायको वित्तिय शुसासन,पारदर्शिता,जवाफदेहिता,आर्थिक अनुशासन जस्ता तत्व संग जोडेर हेर्ने गरिन्छ ।

कञ्चन गाउँपालिकाले विगतका प्रयासहरुलाई जारी राख्दै आर्थिक शुसासनको पक्षलाई केन्द्रविन्दुमा राखी कार्यसम्पादन गर्दा बेरुजुको अवस्था न्युन राख्न सफल भएको हो । जिम्मेवार जनप्रतिनिधि तथा कुशल कर्मचारीको अथक प्रयासबाट यो सफलता हाँसिल गरेको गाउँपालिकाका अध्यक्ष नवराज ढकालले जानकारी दिए ।

साथै,कञ्चन गाउँपालिकाले विगतको आ.वमा जस्तै यो आ.वमा पनि बेरुजु समपरिक्षणमा सफलता प्राप्त गरेको छ ।लेखा समिति तथा गाउँसभाको निर्णय पश्चात समपरिक्षणका लागी पेश भएको करिब रु.३ करोड ५० लाख बेरुजु समपरिक्षण भएको छ ।चालु आ.वमा पनि विगतका आ.वमा जस्तै नतिजा ल्याउने गरि काम भैरहेको गाउँपालिका अध्यक्ष ढकालको प्रतिबद्धता रहेको छ ।

 

सम्बन्धित समाचार