मुख्य समाचार

कञ्चनको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

रुपन्देहीको कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । पालिकाको आर्थिक वर्ष २०८१÷०८२को दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम कञ्चन गाउँपालिका वडा न.४ स्थित रुद्रपुर सामुदायिक वनको सभाहलमा मंगलबार सम्पन्न भएको हो ।

सो कार्यक्रममा जनताले उठाएका प्रश्नबारे जवाफ दिँदै कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले पालिकाको समग्र विकासका लागी आफुहरु प्रतिबद्ध भएको बताएका छन् । पुर्वाधार विकास संगै सामाजिक क्षेत्रको विकासमा समेत उत्तिकै चासोका साथ काम गदै अघि बढेको तर्क समेत अध्यक्ष ढकालले गरे । कञ्चनको समृद्धिका लागी सबैको अपनत्व हुन जरुरी रहेको कुरा दर्साए ।

कार्यक्रममा बोल्दै पालिका उपाध्यक्ष मौसमी थापा मगरले जनताको सारथी भएर काम गरेको बताईन् । पालिकामा भैरहेका कामहरुको गहिरो रुपमा अनुगमन भएको र गुणस्तर संगै दिगोपनलाई ध्यानमा राखेको कुरा उल्लेख गरिन् ।

कार्यक्रममा पालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद पोख्रेलले सेवाग्राहीले उठाएका प्रश्न वा जिज्ञासा मेटाउँदै समग्र प्रशासनिक क्षेत्रबाट सहज रुपमा काम भैरहेको समेत उल्लेख गरे । पालिकाले गरेका प्रगति प्रतिवेदन प्रस्तुत गर्दै प्रमुख प्रशासकीय अधिकृत पोख्रेलले जनतामा निराशा नआउने गरि प्रशासनिक निकायबाट काम हुने प्रतिबद्धता व्यक्त गरे ।

यस्तै,कञ्चन गाउँपालिका वडा न.३का वडाअध्यक्ष टिकाराम सापकोटाले जनताले आधारभुत कुरालाई केन्द्रमा राखेर विकास भैरहेको कुरा जानकारी गराए ।कार्यक्रममा पालिकाका प्रवक्ता चित्रलाल तुलाचन, कञ्चन गाउँपालिका वडा न.१का वडाअध्यक्ष हरिनारायण चौधरी,वडा न.२का वडाअध्यक्ष टेक बहादुर गुरुङ्ग,वडा न.४का वडाअध्यक्ष केशर बहादुर खत्री,वडा न.५का वडाअध्यक्ष कुल प्रसाद पौडेल,पालिका शाखा प्रमुखहरु,कार्यापालिका सदस्यहरु,ईलाका प्रहरी कार्यालय रुद्रपुरका निमित्त कार्यालय प्रमुख,अन्य कर्मचारी,अन्य जनप्रतिनिधिहरु,विभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधी,पत्रकार स्थानीयहरु लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रेम चन्द्र पोख्रेल,सोम प्रसाद शर्मा,भवानी प्रसाद पाण्डे,दुर्गा बहादुर थापा,प्रजापति सापकोटा, लगायतले बोल्दै जनपक्षिय भएर काम गर्न सुझाव सहित अन्य प्रश्न राखेका थिए । श्री जलेश्वर पब्लिक मिडिया प्रा.ली सैनामैना ७,रुपन्देहीको प्राविधिक सहयोगमा सो कार्यक्रम भएको हो ।कार्यक्रमको सञ्चालन पत्रकार सुरेश परियारले गरेका हुन् ।

सम्बन्धित समाचार