रुपन्देहीको सैनामैनामा रहेको चौतारी बचत तथा ऋहण सहकारी संस्थाको आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । संस्थाको १३ औँ स्थापना दिवसको अवसरमा आयोजित रक्तदानमा ६५ युनिट रगत संकलन भएको आयोजकले जनाएको छ ।
कार्यक्रम सहकारीका अध्यक्ष सावित्रा शर्माको अध्यक्षता,सैनामैना नगरपालिकाका नगरप्रमुख फणेन्द्र प्रसाद शर्माको प्रमुख आतिथ्यता तथा चित्र बहादुर केसीको विशिष्ट आतिथ्यता,सैनामैना नगरपालिका वडा न.४का वडाअध्यक्ष राम प्रसाद अधिकारी,नेपाल रेडक्रस सोसाईटि लुम्बिनी प्रदेशका अध्यक्ष लाल प्रसाद पंगेनी,संस्थाका संस्थापक अध्यक्ष रुद्र गौतम,समाजसेवी रण बहादुर खनाल,निवर्तमान अध्यक्ष लोकनाथ अधिकारी,पुर्वअध्यक्ष टेक बहादुर रेश्मी लगायतको आतिथ्यता रहेको थियो ।कार्यक्रम संस्था सचिब चिन्तामणी भुषालले सञ्चालन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्