प्रदेश ५

लु.साँस्कृतिकको प्रमुख प्रशासकीय अधिकृतमा तारा ज्ञवाली हाजिर

सुरेश परियार,मंसिर ५ गते,रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा तारा ज्ञवाली हाजिर भएकी छन्। नेपाल सरकारले कर्मचारी हेरफेर गर्ने क्रममा प्रमुख प्रशासकीय अधिकृतको रुपमा तारा ज्ञवालीलाई खटाएको छ ।नवआगन्तुक ज्ञवालीले बुधबारबाट नगरपालिकामा आफनो सेवा प्रारम्भ गरेको जनाइएको छ ।

लामो समयदेखि देशका विभिन्न जिल्लामा रहि कुशलतापुर्वक आफनो जिम्मेवारी समाल्दै आएका ज्ञवाली अन्तत् लुम्बिनी साँस्कृतिक नगरपालिकामा खटिएकी हुन् ।सेवा आरम्भ गर्दै नवप्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवालीले कानुनलाई अक्षरांश कार्यान्वयन गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

नगरकार्यापालिका र मातहात रहेका कार्यालयबाट आमजनतालाई छिटो र सहज रुपमा सेवा प्रवाह गर्ने बताउँदै समृद्ध नगरपालिका बनाउन जनप्रतिनिधी,विभिन्न राजनितिक दल,नागरिक समाज,क्लब र नगरबासीको साथ र सहयोगको समेत ज्ञवालीले अपेक्षा गरीन् । नवप्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले बिलम्ब नगरि जनतालाई सेवा प्रवाह गर्न मातहात कर्मचारीलाई निर्देशन दिएका छन् ।एक कार्यक्रमका विच पालिकाका मेयर सजरुद्धीन मुसलमान,उपमेयर कल्पना हरिजन,वडाअध्यक्ष,शाखा प्रमुखहरुले नव प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीलाई स्वागत गरेका हुन् ।

सम्बन्धित समाचार