बेलवा स्कुलमा युवाको नेृतत्व,अध्यक्षमा राकेश मल्लाह

सुरेश परियार,असोज २२ गते। रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा न.१ स्थित बेलवा आधारभुत विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा युवा नेतृत्व आएको छ । नव व्यवस्थापन समितिको अध्यक्षमा राकेश मल्लाह सर्वसम्मत चयन भएको विद्यालयले जनाएको छ ।समितिको सदस्यमा भने श्रवण कुमार मल्लाह,तारादेवी हरिजन,तारादेवी लोनिया,महेन्द्र ठाकुर,फुल लोध,रोम नयन बि.क रहेका छन् ।

व्यवस्थापन समितिका नवअध्यक्ष राकेश मल्लाहले शैक्षिक उन्नयनको रुपमा काम गर्ने बताएका छन् । विधालयको पुर्वाधार विकास,प्रविधिमैत्री शिक्षामा बढि केन्द्रीत हुने मल्लाहले उल्लेख गरे ।विधार्थीहरुको सर्वाङगीण विकासका लागी पठनपाठन संगै अतिरिक्त क्रियाकलाप सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरे । सकारात्मक नतिजा ल्याउनेमा विधालयका शिक्षकहरु गम्भीर भएर लाग्नुपर्नेमा जोड अध्यक्ष मल्लाहले दिए ।

सम्बन्धित समाचार