मायादेवीका ३१ विधार्थी र २८ जना अभिभावक सम्मानित

रुपन्देहीको मायादेवी गाउँपालिकाका ३१ जना विधार्थी र २८ जना अभिभावक सम्मानित भएका छन् ।गाउँपालिकाले राष्ट्रिय शिक्षा दिवसको अवसरमा विधार्थीहरुलाई र अभिभावकलाई सम्मान गरिएको गाउँपालिकाले जनाएको छ ।बुधबार एक समारोहको आयोजना गर्दै २०८०को एसईईमा उत्कृष्ट जिपिए ल्याउन सरकारी तथा संस्थागत विधालयका विधार्थीहरुलाई पुरस्कार तथा अभिभावकलाई दोसोल्ला सहित कदरपत्रद्धारा सम्मान गरिएको हो ।साथै,विधार्थीलाई जनही रु.१ हजार र अभिभावकलाई रु.५सयका दरले सम्मान स्वरुप नगदराशी प्रदान गरिएको हो ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै मायादेवी गाउँपालिकाका अध्यक्ष धु्वनारायण चौधरीले शैक्षिक क्षेत्रमा सकारात्मक प्रतिफल प्राप्त भएको बताएका छन् । विकास संगै शैक्षिक उन्नयनका लागी पालिकाले आवश्यक बजेज विनियोजन गरेको भन्दै थप नतिजामुखी विधालय बन्नुपर्ने र अभिभावले पनि उत्तिकै चासो दिनुपर्ने कुरामा जोड् दिए ।

कार्यक्रममा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण लामिछानेले सबैको प्रयासमा शिक्षामा परिवर्तन गर्न सक्ने तर्क गरे । पालिकाले पठनपाठन संगै अतिरिक्त कार्यक्रम सञ्चालन गरि मेधावी विधार्थी उत्पादन गर्न लागी परेको बताए ।सम्मानित भए संगै विधार्थी र अभिभावकले खुशी व्यक्त गरेका छन् । सभाहलमा भएको कार्यक्रममा गाउँपालिकाका कर्मचारी मधुसुधन बेल्बासेको सञ्चालन रहेको थियो ।

सम्बन्धित समाचार