निजामती सेवा दिवस : कञ्चनमा २ हजार बढी बिरुवा रोपियो

रुपन्देहीको कञ्चन गाउँपालिकाले विभिन्न प्रजातिका बिरुवा रोपिएको छ । निजामती सेवा दिवसका अवसरमा गाउँपालिकाको कार्यालय परिसरमा २ हजार भन्दा बढि बिरुवा रोपिएको हो ।जसमा १८ सय हेज प्लान्ट,२सय वटा फुलका बिरुवा,७ वटा स्वामीको बिरुवा रुख रोपिएको गाउँपालिकाले जनाएको छ ।गाउँपालिकालाई हरावरा र सौन्दर्य बनाउन वृक्षारोपण गरिएको हो ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष नवराज ढकालले व्यावसायिक र सृर्जनशिल प्रशासन,बिकास,समृद्धि र सुशासनको नारालाई आत्मसाथ गर्दै कर्मचारी जनमुखी भएर काम गर्नुपर्नेमा जोड्दिदै शुभकामना प्रकट गरे ।

कार्यक्रममा बोल्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर गौतमले जनताको मन जित्ने गरि कार्य सम्पादन गर्दै अघि बढेको र थप जनतामा मुस्कान छर्ने तर्फ केन्द्रीत भएको बताए ।प्रमुख प्रशासकीय अधिकृत गौतमले कर्मचारीहरूको उद्देश्य निर्वाचित जनप्रतिनिधिहरूका नीति र कार्यक्रमहरूलाई सर्वसुलभ तरिकाले जनताको माझमा पुर्याउनु कर्मचारीको दायित्व भएको बताए ।

अन्यत्र स्थानीय तहमा भन्दा यो स्थानीय तहमा जनताले आफू भएकै स्थानमा सेवा पाउने गरी काम गर्नका लागि कर्मचारीहरू प्रयत्नशील भएको हुँदा सोही अनुसारको ऊर्जा मिलेकोे शुभकामना दिए ।कार्यालय परिसरभित्र छिर्ने बित्तिकै हरियाली वातावरण र शीतलताले गर्दा थप काम गरौं भन्ने भावना जागृत हुने गरि वृक्षारोपण गरिएको उल्लेख गरे । वृक्षारोपण कार्यक्रममा वडा कार्यालय र गाउँपालिका कार्यालयका गरी करिब ८० जना कर्मचारीहरूको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार