प्रदेश ५मुख्य समाचार

सैनामैनाका एक शिक्षकद्धारा नाबालक विधार्थी माथि निर्घात कुटपिट्

सैनामैना पर्रोहा परमेश्वर नमुना माध्यामिक विधालय विधालयका कम्युटर शिक्षक कमल भण्डारीले नाबालक विधार्थी विधान खनालको खुट्टाको साप्रोमा निल डाम् हुने गरि प्लाष्टिकको पाईपले २५ पटक पिटेको विधार्थीले बताएका छन् । साथै,विधानको अन्य शरिरका अंगमा पनि निल डाम रहेको छ ।उनीको साप्रो सुनिएको छ ।बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६६ अन्तर्गतको कसूरमा १ वर्षसम्म कैद र ५० हजार रुपैयाँ जरिवाना हुने कानूनी व्यवस्था रहेको छ ।

सुरेश परियार,साउन १९ गते,
रुपन्देहीको सैनामैनामा रहेको एक सरकारी विधालयका शिक्षकले नाबालक विधार्थी माथि निर्घात कुटपिट् गरेका छन् । सैनामैना नगरपालिका वडा न.१ स्थित सैनामैना पर्रोहा परमेश्वर नमुना माध्यामिक विधालयका शिक्षक कमल भण्डारीले नाबालक विधान खनाललाई कुटपिट गरेका हुन् । सैनामैना वडा न.२ बस्ने वर्ष ११का खनाल सोही विधालयको कक्षा ७ मा अध्ययन गर्ने छात्र हुन् ।

शुक्रबार विहान १० बजे अध्ययनका लागी स्कुल गएका विधान पिटाई खाएर रुदैँ घर फर्किका हुन् । विधालयका कम्युटर शिक्षक कमल भण्डारीले नाबालक विधार्थी विधान खनालको खुट्टाको साप्रोमा निल डाम् हुने गरि प्लाष्टिकको पाईपले २५ पटक पिटेको विधार्थीले बताएका छन् । साथै,विधानको अन्य शरिरका अंगमा पनि निल डाम रहेको छ ।उनीको साप्रो सुनिएको छ ।

पिडितको आमा राधा खनालले न्याय माग्दै मिडियामा आएर हद सम्मको कार्वाहीको माग गरेकी छन् । उनी भन्छिनन्विधालयमा शिक्षा लिन मैले पठाईकि थिए तर छोरो स्कुलबाट पिटाई खाएर आयो,त्यो विधालयमा पढाई हुन्छ कि पिटाई हुन्छ भन्दै मिडिया समक्ष भक्कानिन् ।निर्घात कुटपिट विरुद्ध कानुनी कार्बाही अघि बढाउने पिडितले उल्लेख गरिन् ।

विधार्थीलाई कुटपिट गर्न नपाईने सैनामैना नगरपालिका शिक्षा शाखा प्रमुख राधा बञ्जाडेले बताईन् । घटनाबारे थप सोधपुच्छ गरि जाहेज भए कार्वाहीको लागी प्रक्रिया अघि बढाउने बञ्जाडेले उल्लेख गरिन् ।सोही विषयलाई लिएर घटना बुझ्न सम्पर्क गर्दा विधालयका प्रचार्य नेत्रलाल पुरी र कुटपिट गर्ने शिक्षक कमल भण्डारीले फोन उठाएका छैनन् ।

घटनाको विषयलाई लिएर पिडितको उजुरी आए तत्काल नियन्त्रणमा लिई प्रक्रिया अघि बढाउने जिल्ला प्रहरी कार्यालय रुपन्देहीको प्रहरी उपरिक्षक रञ्जित सिंह राठौरले जानकारी दिए । उजुरी परे संगै घट्नाबारे अनुसन्धान हुन्छ र कानुनी उपचार हुने एसपी राठौरको उद्घोष छ ।बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६६ अन्तर्गतको कसूरमा १ वर्षसम्म कैद र ५० हजार रुपैयाँ जरिवाना हुने कानूनी व्यवस्था रहेको छ ।

विधार्थीलाई कुटपिट गर्ने शिक्षक कमल भण्डारीको तस्बिर :

सम्बन्धित समाचार