प्रदेश ५

रोहिणीको जनमुखी बजेट : रु.५८ करोड ७९ लाख

रुपन्देहीको रोहिणी गाउँपालिकाले आर्थिक वर्ष २०८१÷०८२ का लागि रु.५८ करोड ७९ लाख ५४ हजार बराबरको बजेट ल्याएको छ । बुधबार १५ औं गाउँसभामा उपाध्यक्ष शिवकान्ती हरिजनले वार्षिक बजेट, योजना तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।प्रस्तुत बजेटमा आन्तरिक आयतर्फ रु। २ करोड ६१ लाख १४ हजार, संघीय सरकारबाट प्राप्त रु।रु.४८ करोड ६५ लाख, प्रदेश सरकारबाट प्राप्त रु। ३ करोड ११ लाख १४ हजार, बैंक मौज्दात रु। ३ करोड ७० लाख, जिल्ला समन्वय समितिबाट रु। ७२ लाख अनुमान गरिएको छ ।

त्यस्तै विनियोजनतर्फ प्रदेश सरकारबाट प्राप्त सर्शत अनुदान समपुरक र विशेष रु। रु.१ करोड ८५ लाख, संघीय सरकार सशर्त समपुरक विशेष रु। २६ करोड २९ लाख, कार्यालय सञ्चालन तथा प्रशासनिक रु। रु.१० करोड, शिक्षातर्फ रु। ३ करोड, क्रमागत योजन÷समपुरक रु। २ करोड ७५ लाख, गाउँपालिका प्रशासनिक भवन रु।रु.३ करोड विनियोजन गरिएको छ ।आर्थिक, सामाजिक, पूर्वाधार विकास र संस्थागत सुशासनमार्फत गरीबी निवारण गरी समृद्ध रोहिणी निर्माण गर्ने लक्ष्यका साथ अगाडि बढ्ने उपाध्यक्ष हरिजनले बताइन् ।

गाउँपालिकाले कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाई, युवा तथा खेलकुद, पूर्वाधार विकास, महिला, बालबालिका, ज्येष्ठ नागरिक लगायत लक्षित समुदाय, वातावरण तथा विपद् व्यवस्थापनलाई प्राथमिकता दिदै आ।व। २०८१÷०८२ को वार्षिक नीति तथा कार्यक्रम ल्याएको छ ।

धकधईमा १५ शैयाको आधारभूत अस्पताल निर्माणको कार्य यसै वर्षबाट सुरु हुने गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताए । त्यस्तै बुद्धकालीन रोहिणी सभ्यताको उत्थान, विकास, संरक्षण र प्रवद्र्धनका लागि प्रचारप्रसार, अभिमुखीकरण र अन्तरिक्रयाका लागि आवश्यक पहल गरिने उनले बताए ।कृषिलाई आधुनिकीकरण, व्यवसायीकरण तथा बजारीकरण गर्न अभिप्रेरित गरिने उनले बताए । त्यस्तै शैक्षिक क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउन तथ जनशक्ति व्यवस्थापन गर्न गाउँपालिकाको शिक्षा नीति तर्जुमा गरी कार्यान्वयनमा ल्याइने उनको भनाइ छ । त्यसै गरी हाम्रो रोहिणी सुन्दर र सफा रोहिणी भन्ने नाराका साथ सरसफाईलाई सभ्यता र स्वास्थ्यको दृष्टिकोणबाट हेर्न जनमानसलाई सचेत गराइने अध्यक्ष यादवले बताए ।

१५ औं गाउँसभाको उद्घाटन गर्दै प्रमुख अतिथि रुपन्देही क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री छविलाल विश्वकर्माले रोहिणीको विकासका लागि सामूहिक प्रयत्न र पहल अवश्यक रहेको बताए । उनले विकासका लागि स्थानीय जनताको योगदान आवश्यक रहेकोमा जोड दिए ।

रोहिणी गाउँपालिका वडा नम्बर ६ का वडाअध्यक्ष इन्द्रमान चौधरीको स्वागत तथा गाउँपालिकाका शिक्षा शाखा प्रमुख मधु प्रसाद घिमिरेको सञ्चालनमा भएको कार्यक्रममा रोहिणी–२ का वडाअध्यक्ष करम हुसेन खाँ, वडा सदस्य मोहम्मद अमिन खाँ लगायतले बोलेका थिए । कार्यक्रममा उत्कृष्ट विद्यार्थी, विद्यालय, पूर्वशिक्षक, पत्रकार, कर्मचारीलगायतलाई सम्मान गरिएको छ ।

सम्बन्धित समाचार