प्रदेश ५

रन्यौरा प्रहरीको पहलमा मुर्गियामा‘जेब्रा क्रसिङ’निर्माण

रुपन्देहीको सैनामैना स्थित मुर्गिमामा आज जेब्रा क्रसिङ निर्माण भएको छ । ईलाका प्रहरी कार्यालय रन्यौराको पहल तथा बुटवल उपमहानगरपालिका वडा न.१९ स्थित ओ.एम.जि थर्मोप्लाष्ट प्राईभेट लि.को सहकार्यमा पुर्व–पश्चिम राजमार्ग अन्तरगत सैनामैनाको मुर्गियामा जेब्रा क्रसिङ निर्माण गरिएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटना न्यूनिकरण गर्न निजि व्यवसायीको सहयोगमा जेब्रा क्रसिङ निर्माण गरिएको ईलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी निरीक्षक प्रदिप पौडेल उल्लेख गरेका छन् ।सवारी साधनको चाप अत्याधिक बढेकाले आवागमनमा समस्या समाधान गर्न र पैदलयात्रुलाई बाटो काटन् सहजहोस् भन्ने उदेश्यले निर्माण गरिएको प्रहरी निरीक्षक पौडेलको भनाई छ ।

उनले निर्माणका लागी सहयोग गरेको प्रति धन्यवाद ब्यक्त गर्दै यि यस्ता काममा नेपाल प्रहरी सधै हातेमालो गर्न तयार भएको बताए ।सवारी दुर्घटना कम गर्न र अस्तब्यस्त आवागमनलाई नियन्त्रण गर्न पनि जेब्रा क्रसिङले निर्णायक भुमिका खेल्ने बताउँदै जेब्रा क्रसिङकै प्रयोग गरि यात्रा गर्न पैदलयात्रीलाई आग्रह गरेका छन् ।

ओ.एम.जि थर्मोप्लाष्ट प्राईभेट लि.का सञ्चालक प्रमोद गौडेलले दुर्घटना न्यूनिकरण गर्न सरकारी स्तरबाट नै चासो दिनुपर्ने औँल्याउदै जेब्रा क्रसिङ निर्माण गरे संगै पैदलयात्रीलाई हिड्डुल गर्न सहज हुने औँल्याए ।

सम्बन्धित समाचार