प्रदेश ५

बुटवल–१५को वार्षिक समिक्षा : परिणाममुखी कामले जनता हौँसिए

रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा न.१५को वार्षिक समिक्षा कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । नमुना वडा बनाउने संकल्प सहित वडाअध्यक्ष शिव राना नेतृत्वको टिमले वर्ष भरि गरेका गतिविधिलाई एक कार्यक्रमको विच सार्वजनिक गरिएको हो ।

प्रस्तुत प्रतिवेदन अनुसार हाल सम्म पुर्वाधार तर्फ २७ वटा योजना सम्पन्न भएको,असार मसान्त सम्म ८ वटा सम्पन्न गर्ने चरणमा,कृषि एवं रोजगार तर्फ ८ योजना,शिक्षा,स्वास्थ्य तथा खेलकुद तर्फ १७ वटा योजना सिचाई एवं विधुतीकरण तर्फ १० वटा योजना,खानेपानी सरसफाई तथा वातावरण तर्फ ३ योजना र पशुपंक्षी विकास तथा भुमि तर्फ १२ वटा योजना सम्पन्न भएको छ ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले पालिकामा नतिजा मुखी काम भएका दाबी गरेका छन् ।उत्पादनमा आधारित निति तथा कार्यक्रम ल्याईने बताउदै अधुरो रहेका कामलाई पुर्णता दिईने नगरप्रमुख पाण्डेको भनाई छ ।मजदुर,निम्न आय र अपहेलित समुदाय लक्षित कार्यक्रमलाई समेत जोड दिईने उल्लेख गरेका छन् ।मोतिपुर समस्या समाधान देखि गौशला व्यवस्थापनमा उल्लेखीय प्रगति गर्ने बताए ।

जनताको सेवक आफुहरु भएको बुटवल उपमहानगरपालिका वडा न.१५का वडाअध्यक्ष शिव रानाले बताएका छन् । चुनावको बेला वाचा गरेका कामलाई निर्वाचित भएपछि क्रमिक रुपमा पुरा गर्र्दै अघि बढेको रानाले उल्लेख गरेका । भौतिक पुर्वाधार संगै मानव संशाधनको क्षेत्रलाई महत्व दिई कार्य सम्पादन गरेको वडाअध्यक्ष रानाको भनाई छ । आफ्नो कार्यकालमा नमुना वडा बनाउने उद्घोष समेत गरे ।

नवरत्न माविको हलमा भएको कार्यक्रममा राजनितिक दल,नागरिक समाज,शिक्षाप्रेमी,कर्मचारी,स्थानीय लगायतको उपस्थिति रहेको थियो । वडाले भिडियो डकुमेन्ट्री मार्फत भएगरेका काम सार्वजनिक गरिएको थियो । वडाको कामप्रति जनताले खुशी व्यक्त गरेका थिए ।कार्यक्रममा वडा सदस्य रमा पौडेल पराजुलीको स्वागत तथा वडा सचिब मेघराज काफ्लेले सञ्चालन गरेका हुन् ।

 

सम्बन्धित समाचार