SKIP THIS

Sarwajanik

मायादेवीमा महिला दिवस : अभिमुखिकरण कार्यक्रम गरि मनाईयो

रुपन्देहीको मायादेवी गाउँपालिकाले सरोकारवाला विच अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । ११४औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर पालिकालका गाउँसभाका सदस्यहरु,प्रहरी,पत्रकार विच अभिमुखिकरण कार्यक्रम गरि मनाईएको हो ।सो कार्यक्रममा पत्रकार अमृता अनमोलले महिलाको वर्तमान अवस्था,लैँगिक समानता,अधिकार र कानुनी प्रक्रियाका बारेमा प्रशिक्षण दिईएकी थिईन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै मायादेवी गाउँपालिका अध्यक्ष धु्रवनारायण चौधरीले महिला सृष्टिकर्ता भएकाले उनीहरुको हकहितका लागी पालिका प्रतिबद्ध रहेको बताएका छन् ।व्याप्त महिला हिंसालाई अन्त्य गरि लैंगिक समानताको विकासमा जोड दिनुपर्ने अध्यक्षले उल्लेख गरे ।

सधै महिलालाई चुलोचौकोमा मात्र सिमित नराखी राज्यको मुलधारमा महिलाहरुको सहभागिता हुनुपर्ने बताए ।निस्वार्थ स्वास्थ्यको क्षेत्रमा काम गर्ने महिलाहरुलाई सम्मान एवं प्रोत्साहन पालिकाले गर्दै आएको दर्साए ।कार्यक्रममा पालिकाका प्रमुख प्रशासकीय अधिकृत भेषराज पन्थ,मायादेवी वडा न.८का वडाअध्यक्ष चोक बहादुर थापा,वडाअध्यक्ष शैलेन्द्र पाण्डे,कार्यापालिका सदस्य लगायतले आफना भनाई राखेका थिए ।

सम्बन्धित समाचार