प्रदेश ५

सैनामैनामा मंसिर १२ देखि अन्तरजिल्ला भलिबल प्रतियोगिता हुँदै

भलिबल खेलको विकाससंगै युवा खेलाडीलाई प्रोत्साहन गर्ने उदेश्यका साथ सैनामैना नगरपालिकामा अन्तर जिल्ला स्तरिय भलिबल प्रतियोगिता हुने भएको छ । सैनामैना नगरको विकासमा अग्रसर रहेकी पुरानो बासिन्दा स्वर्गीय ढुण्डी थरुनीको स्मृतिमा दुधराक्ष युवा क्लबको आयोजना तथा सैनामैना नगरपालिका,प्रदेश खेलकुद परिषद लुम्बिनी, रुपन्देही भलिबल संघ रुपन्देही, सैनामैना नगर खेलकुद समितिको सहयोगमा मंसिर १२ देखि १६ गतेसम्म सैनामैना वडा न.६–कलौनीमा ढुण्डी थरुनी स्मृति कप अन्तर जिल्ला स्तरिय भलिबल प्रतियोगिता २०८० हुने भएको हो ।

प्रतियोगिताको उपाधि बिजेताले नगद र.१ लाख ११ हजार १ सय ११ ट्रफि, प्रमाण, उप–बिजेताले नगद रु.७७ हजार ७ सय ७७ रुपैया, ट्रफि, प्रमाणपत्र, तृतिय टिमले नगद रु.४४ हजार ४ सय ४४ रुपैया, ट्रफि, प्रमाणपत्रबाट पुरस्कृत गरिने खेल संयोजक विष्णु प्रसाद पाण्डेले बताए । यसैगरि सान्त्वना टिमले नगद रु.२२ हजार २ सय २२ रुपैया, ट्रफि प्रमाणपत्र, विधागत उत्कृष्ट खेलाडीहरुलाई नगद ७ हजार ७ सय ७७ रुपैया तथा सर्वोत्कृष्ट खेलाडीलाई १५ हजार ५ सय ५५ रुपैयाबाट पुरस्कृत गरिने उनले बताए ।

कार्यक्रममा सैनामैना नगरपालिकाका नगरप्रमुख फणेन्द्र शर्माले नेपालको भुबनोटलाई सुहाउने, हिमाल, पहाड, तराईमा खेल्न सकिने खेल भएको बताए । युवाहरुलाई रचनात्मक बनाउने र स्वदेशमा अडाउने गरि योजना ल्याउन जरुरी रहेको उनले बताए । केन्द्र सरकारबाट विनियोजन हुने बजेट कम हुदा आफ्नो पालिकामा खेलकुदको बजेट संकुचन गर्न परेको दुखेसो गर्दै क्लबबाट सैनामैनाको पहिचान हुने गरि आयोजना हुन लागेको प्रतियोगितालाई साथ र सहयोग गर्ने प्रतिवद्ता जनाए ।

कार्यक्रममा उपप्रमुख बिना रानाले नगरको खेल विकासमा आफु संस्थागत रुपमा लागेको बताईन। कार्यक्रममा जिल्ला भलिबल संघ रुपन्देहीका अध्यक्ष सुरेन्द्र शाक्यले खेल विकासमा सरकारको लगानी न्यून हुदा सोचेजस्तो सफलता हात पार्न नसकेको बताए । राष्ट्र र स्वस्थ्यको लागि खेलकुद नाराअनुसार सरकारबाट पुर्वाधार विकास र खेलाडीको क्षमता विकासमा लगानी गर्न आवश्यक रहेको उनले बताए ।
कार्यक्रममा क्लबका अध्यक्ष किरण पोखरेलले नेपालको राष्ट्रिय खेललाई प्रचारप्रसार र खेलाडीलाई प्लेटफर्म दिने उदेश्यका साथ प्रतियोगिता गर्न लागेको बताए । वि.स २०७४ जेठ ८ गते राष्ट्रिय खेल घोषणा भएसंगै यसको विकास र खेलाढी उत्पादनमा जोड दिन जरुरी रहेको उनले बताए ।

कार्यक्रममा क्लबका अध्यक्ष किरण पोखरेलले नेपालको राष्ट्रिय खेललाई प्रचारप्रसार र खेलाडीलाई प्लेटफर्म दिने उदेश्यका साथ प्रतियोगिता गर्न लागेको बताए । वि.स २०७४ जेठ ८ गते राष्ट्रिय खेल घोषणा भएसंगै यसको विकास र खेलाढी उत्पादनमा जोड दिन जरुरी रहेको उनले बताए । सैनामैना नगरपालिका, प्रदेश खेलकुद परिषद लुम्बिनी, रुपन्देही भलिबल संघ रुपन्देही, सैनामैना नगर खेलकुद समिति, ब्यवसायिक प्रति, टिकट र पार्किङबाट सहयोग र आम्दानी हुने लक्ष्य लिएको छ ।क्लब स्थापना भएसंगै युवाहरुलाई एकतावद्घ गर्दै नेतृत्व विकास र सामाजिक कार्यमा अग्रसर गराउदै आएको उनले बताए । छात्रवृत्ति वितरण, ट्राफिक सचेतना, लागुऔषध दुब्यसनी, रक्तदान, वृक्षारोपण, निशुल्क स्वस्थ्य शिविर गर्दै आएको उनले बताए ।

सैनामैना नगरपालिका वडा नं ७ का वडाअध्यक्ष तथा खेलप्रेमी राजकुमार चौधरीले आफनो हजुरआमा स्व.ढुण्डी थरुनीको स्मृतिमा आयोजना गर्न लागेको प्रतियोगितालाई र.२ लाख रुपैया सहयोग गरेका छन । लुम्बिनी प्रदेश र अन्यजिल्ला गरि १२ टिमहरुले भाग लिने प्रतियोगिता संचालन गर्न १६ लाख रुपैया खर्च हुने आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा क्लबका उपाध्यक्ष सुनिल पोख्रेलेको स्वागत तथा क्लबका सचिव पदम पाण्डेको सञ्चालनमा सैनामैना वार्टरपार्कमा सो कार्यक्रम भएको हो ।

 

सम्बन्धित समाचार