नेपाली कांग्रेसका केन्द्रिय सदस्य भरतकुमार शाहले नेपालको पत्रकारिता अझै शशक्त बनाउनुपर्ने बताउनुभएको छ । सरकार संग मिडिया सधै प्रतिपक्ष भूमिकामा रहनुपर्ने भन्दै सरकारका गलत कामहरुको पनि समाचार बन्नुपर्ने बताउनुभयो ।
जुनसुकै सरकारले पनि आफ्ना कमी कमजोरी ढाक्न चाहने उल्लेख गर्दै नेता शाहले मिडियाले त्यसलाइ खबरदारी गर्नुपर्ने बताउनुभयो । नेपाल पे्रस युनियन रुपन्देहीले बुधबार बुटवलमा आयोजना गरेको बिजया दशमी,दीपावली,छठ तथा नेपाल सम्वतको अबसरमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै उहाँले प्रजातन्त्र बलियो बनाउन पत्रकार जगत चनाखो हुनुपर्ने उल्लेख गर्नुभयो ।
उहाँले बताउंदै आजभोली समाचारमा स्वतन्त्रता नदेखिएको समेत दाबी गर्नुभयो ।नेता शाहले सरकारको स्थिरता नभएको दाबी गर्नुभयो ।हरेक क्षेत्रमा पत्रकारहरुले आफ्ना कलम सही ढंगले चलाउनु पर्नेमा जोड दिनुभयो ।पत्रकारिताको दिगो विकास आवश्यक रहेको भन्दै उहाँले श्रमजीविहरु पत्रकारहरु मारमा परेको समेत बताउनुभयो ।सार्वजनिक लेखा समितिका पूर्व सभापति समेत रहनुभएका नेता शाहले नेपालको अर्थतन्त्र कमजोर भएपनि तत्काल देश टाट नपल्टिने उल्लेख गर्नुभयो ।
प्रेस युनियन रुपन्देहीका अध्यक्ष कविन्द्र नेपालको अध्यक्षता,सचिव कपिल ज्ञवालीको सञ्चालन र उपाध्यक्ष कल्पना तिवारीको स्वागतमा कार्यक्रम भएको थियो ।सो अबसरमा जनप्रतिनिधि,राजनैतिक दलका नेता,सरोकारवाला संघ संस्थाका प्रतिनिधि तथा पत्रकारहरुको बाक्लो सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्