खेलकुदप्रदेश ५

सैनामैनामा जिल्लास्तरीय ढुण्डी थारु स्मृति कप भलिबल हुदैँ

सुरेश परियार,असोज २० गते ।रुपन्देहीको सैनामैनामा रहेको दुधराक्ष युवा क्लबले जिल्ला स्तरिय ढुण्डी थारु स्मृति कप भलिबल प्रतियोगिता गर्ने भएको छ ।सैनामैना वडा न.७ बसेर लामो समय सामाजिक योग्दान पुर्याउनुभएकी स्व.ढुण्डी थारुको स्मृतिमा सो प्रतियोगिता गरिने भएको हो ।दुधराक्ष युवा क्लबका अध्यक्ष किरण पोख्रेलको अध्यक्षतामा सल्लाहकार सहित बसेको बैठकले आगामी मंसिरमा जिल्ला स्तरिय प्रतियोगिता गर्न लागिएको क्लबका सचिब पदम पाण्डेयले जानकारी दिए ।

बैठकले प्रतियोगितामा बिजेता टिमलाई दिईने पुरस्कार समेत सार्वजनिक गरेको छ । जस अनुसार प्रथम हुने टिमलाई नगदराशी रु.१ लाख ११ हजार १ सय,द्धितियलाई ७७ हजार ७ सय ७७ रुपिया,तृतियलाई ४४ हजार ४ सय ४४ र सान्त्वना हुनेलाई २२ हजार २ सय २२ रुपिया प्रदान गरिने निर्णय भएको छ । बैठकको निर्णय अनुसार खेलका वेष्ट स्पाईकर,बेष्ट बल्कर,बेष्ट सर्वर,बेष्ट समिति,बेष्ट डिभेण्डर,ईमेरजिंग स्टारलाई जनही रु.७ हजार ७७ र बेष्टप्लेयरलाई रु.१५हजार,५ सय ५५ प्रदान गरि पुरस्कार गर्ने भएको हो ।

बैठकले भलिबल खेल सम्पन्न गर्न विष्णु पाण्डेको संयोजकत्वमा खेल समिति गठन गरेको छ । खेलसमितिको सह संयोजकमा प्रेम थापा,सचिब पदम पाण्डे,आर्थिक संयोजक सुनिल पोख्रेल र सदस्यहरुमा विष्णु प्रसाद पाण्डे भाष्कर,किरण पौडेल,अमर लम्साल,चिरञ्जीवि पोख्रेल,सागर पन्थ रहेका छन् ।

सामाजिक क्षेत्रमा उदारणीय काम गर्दे अघि बढेको यस क्लबले खेल क्षेत्रको श्रवृद्धिमा टेवा दिन भलिबल खेल खेलाउदै छ ।प्रतियोगिता हुने मितिको दिन अर्को बैठकले निर्णय गर्ने जनाईएको छ ।सो अवसरमा दुधराक्ष क्लबले जर्सी सार्वजनिक गरेको छ ।

सम्बन्धित समाचार