प्रदेश ५

स्वास्थ्य सेवाको पहुँच बढाउन वडालाई एम्बुलेन्स हस्तान्तरण

लुम्बिनी साँस्कृतिक नगरपालिकाले वडालाई एम्बुलेन्स हस्तान्तरण गरेको छ ।नगरपालिकाका मेयर सजरुद्धीन मुसलमानले लुम्बिनी साँस्कृतिक नगरपालिका वडा न.९मा रहेको खुदावागर स्वास्थ्य चौकीलाई एम्बुलेन्स प्रदान गर्नुभएको हो ।सो हस्तान्तरणको बेला नगरपालिकाका मेयर सजरुद्धीन मुसलमानले सो कार्यक्रमलाई सम्बोधन गर्दै नगरपालिकाका मेयर सजरुदिन मुसलमानले जनतामा स्वास्थ्य सेवाको पहुँच बढाउन मानवीय सेवाको कार्य भएको बताउनुभएको छ ।

यो संगै नगरपालिकामा ५ वटा एम्बुलेन्स नियमित रुपमा सेवामा भएको जानकारी दिनुभयो ।लुम्बिनी प्रदेश सरकारको अनुदानमा ३थप एम्बुलेन्स प्राप्त भएको हुदाँ गर्भवती महिलाहरुको हकमा निःशुल्क एम्बुलेन्स सेवा संञ्चालन गरिने मेयर मुसलमानले उल्लेख गर्नुभयो ।
समयमै उपचार नहुदाँ अकालमै कसैले पनि मृत्यवरण गर्न नपरोस भन्ने उदेश्य सहित कुनै पनि स्वास्थ्य समस्या पर्न साथ तुरुन्त सम्पर्क गर्न सबै माझ आग्रह गर्दैै २४ घण्टा एम्बुलेन्स सेवा दिन नगर तयार भएको समेत मेयरले उल्लेख गरे । नगरले स्वास्थ्य क्षेत्रको विकासमा उच्च प्राथमिकता दिएर काम गरिरहेको बताउनुभयो ।

कार्यक्रममा लुम्बिनी साँस्कृतिक नगरपालिकाका वडा न.९का वडाअध्यक्ष कमल अख्तर फकिर,नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख धुर्वराज घिमिरे,वडा सदस्य शिव प्रसाद पाण्डे लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार