पर्यावरणलाई जोगाउन ने.वि संघ रुपन्देहीद्धारा वृक्षारोपण

पर्यावरणलाई जोगाउन नेपाल विधार्थी संघ रुपन्देही कार्यसमितिको आयोजनामा वृक्षारोपण गरिएको छ ।विश्व वातावरण दिवसको अवसरमा बिपी वाटिका बुटवलमा विभिन्न प्रजातिका विरुवा रोपिएको ने.वि संघ रुपन्देहीका सभापति तथा विधार्थी युवा नेता सन्दिप पाण्डेले जानकारी दिए । सभापति पाण्डेका अनुसार पछिल्लो समय वनजंगल फडानी भईरहेको कुरा दर्साउदै यस्तो गतिविधिले विपत निम्ताउने दाबि गर्दै एक ब्यक्ति एक विरुवा प्रत्येक दिन रोप्ने अभियान चलाउनुपर्नेमा जोड दिए ।रुख विरुवा रोप्नाले मानव जातिले पाउने प्रर्याप्त अक्सिजन संगै स्वच्छ र हरावरा वातावरण हुने समेत विश्वास ब्यक्त पाण्डेले गरे ।

सो कार्यक्रममा नेपाली कांग्रेस पुर्व नगरसभापति राम प्रसाद खनालले पछिल्लो समय नेवि संघ रुपन्देही सामाजिक कार्य गर्दै हिडेको प्रति प्रशंसा ब्यक्त गरे । आगामी दिनमा उदारणीय कार्य गर्दै अघि बढ्न अभिप्ररित गर्दै खनालले विधार्थी,आम जनता र समाजको हित लागी नेविसंघ रुपन्देहीले चलाएका अभियानमा आफुहरुको पनि एक्बद्धता रहने जिकिर समेत गरे ।कार्यक्रमको संञ्चालन भने नेवि संघ रुपन्देहीका जिल्ला सचिब मनोज बेल्बासेले गरेका थिए ।

सम्बन्धित समाचार