एनएमबी मुर्गियाद्धारा एक स्कुलमा वित्तिय साक्षरता कार्यक्रम

एनएमबी बैक मुर्गिया शाखाको आयोजनामा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।सैनामैना वडा न.३मा रहेको श्री सुनगाभा पब्लिक माध्यमिक विद्यालयका शिक्षक शिक्षिका विच वित्तिय सारक्षरता कार्यक्रम भएको एनएमबी बैक मुर्गिया शाखाका असिस्टेन्ट रिलेसनसिप म्यानेजर विमल घर्तिले जानकारी दिनुभयो । ।

सारक्षरता कार्यक्रममा डिजटल प्रडकट,त्यो सगै बढ्दो बैकिङ्ग फ्रडबाट कसरी बच्ने,शेयर बजार,बचत लगानी ,बैकिङ सेवा सुबिधा लगायतको बारेमा जानकारी दिईएको थियो ।

सो कार्यक्रमको सहजिकरण एनएमबी बैकका शाखा प्रबन्धक कमल प्रसाद ढकालले गर्नुभएको थियो ।कार्यक्रममा विद्यालयका प्राधानाध्यापक तिलब के.सी,लेखा प्रमुख हरि पोख्रेल,एनमबी बैकका असिस्टेन्ट,बिजनेस डेप्लमेन्ट म्यानेजर बिजय वि.सिको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार