सैनामैना-६ का २१ वटा आमा समुहलाई कुर्चि वितरण

 

सुरेश परियार, चैत्र १४ गते,

रुपन्देहीको सैनामैना वडा न ६का आमा समुहलाई कुर्चि वितरण गरिएको छ । एक कार्यक्रमका आयोजना गर्दै वडा न.६ को वडा कार्यालयले २१ वटा आमा समुहलाई प्लाष्टिकको कुर्चि वितरण गरेको हो । आव २०७१ / ८०को वार्षिक योजना अर्न्तगत करिब रु २ लाखको वडागत बजेटबाट सो सामाग्री खरिद गरिएको हो । २१ वटा आमा समुहलाई जनही १५ वटाका दरले कुर्ची प्रदान गरिएको वडा सचिव मिनाराम पन्थीले जानकारी दिए ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै सैनामैना वडा न. ६ का वडाअध्यक्ष गोपाल पोखेलले महिलाहरूको पक्षमा वडाले काम गर्दै अघि बढेको बताएका छन् ।आमा समुहलाई कुर्चि आवश्यक परेको हुदाँ समुहको माग अनुसार सम्बोधन गरेको वडाअध्यक्ष पोखरेलको भनाई छ ।

सामाजिक संगै पूर्वाधार तर्फका कामहरूलाई तिव्रता दिँदै आएको बताउँदै वडाअध्यक्ष पोखरेलले जनताको साथमा सधैव उभिने दृढता व्यक्त गरे ।

कार्यक्रममा वडा सदस्य नर बहादुर घर्ती,झक प्रसाद पोखेल (आशिष) माया बि.क. गिता घिमिरे लगायतको आतिथ्यता रहेको थियो । वडा कार्यालयको परिसरमा भएको कार्यक्रमको सञ्चालन मिनाराम पन्थीको रहेको थियो ।

सम्बन्धित समाचार