ई.प्र.का दुम्कीबासको पुण्य कार्य,परिसरमा दुुर्गा मन्दिर निर्माण

ईलाका प्रहरी कार्यालय दुम्कीबासले पुण्यको कार्य सुसम्पन्न गरेको छ ।विनयी त्रिवेणी गाउँपालिका वडा न.१,२ वडा कार्यालय र स्थानीय दाताहरुको आर्थिक सहयोग तथा दुम्कीबास प्रहरीको सक्रियतामा दुर्गा भगवतीको मन्दिर निर्माण कार्य सुसम्पन्न गरि पुजाआराधना आरम्भ गरिएको छ ।सो मन्दिरको समुद्धघाटन जिल्ला प्रहरी कार्यालय नवलपरासी पुर्वका प्रहरी उपरिक्षक भुवनेश्वर तिवारीले गरेका छन् ।

सो कार्यक्रममा बोल्दै प्रहरी उपरिक्षक तिवारीले धार्मिक कार्य गरेको भन्दै दुम्कीबास प्रहरीलाई धन्यवाद ज्ञापन गरेका छन् । प्रहरीले शान्ति सुरक्षा मात्र होइन सामाजिक कार्यमा समेत अग्रसर भएको यो पुण्य कार्यले प्रमाणित गरेको ठोकुवा प्रहरी उपरिक्षकले गरे ।

यस्तै,कार्यक्रममा विनयी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरिले प्रंशसनीय कार्य भएको बताएका छन् ।धार्मीक मठमन्दीरको रेखदेख मात्र नभई संरचरना बनाउन पनि निर्णायक भुमिका खेलेको भन्दै दुम्कीबास प्रहरी प्रति आभार प्रकट गरे ।
कार्यक्रममा ईलाका प्रहरी कार्यालय दुम्कीबास प्रमुख तथा प्रहरी निरिक्षक रामनारायण गुप्ताले सबैको अथक प्रयासले मन्दिर निर्माण गर्न सफल भएको बताएका छन् ।धार्मिक क्षेत्रको सुरक्षा गर्ने दायित्व प्रहरीमा भएको भन्दै यसको संरक्षणमा सबै लाग्नुपर्ने बताए ।

पुर्व–पश्चिम राजमार्ग भित्र पर्ने भगवती दुर्गाको मन्दिर जिर्ण बन्दै गएसंगै यसको मर्मत संभार र संरक्षणमा अभाव देखिएको थियो तर स्थानीय दाता र वडाको आर्थिक तथा जिन्सी सामाग्री सहयोगमा मन्दिर निर्माण गरिएको प्रहरी निरिक्षक गुप्ताले जानकारी गराए ।उक्त मन्दिर निर्माण गर्न १० लाख भन्दा बढि खर्च गरिएको छ ।

सम्बन्धित समाचार