ब्रम्हाकुमारिज् नेपालले देशैभरिका हजारौँ स्थानामा लागुपदार्थ दुर्व्यसनमुक्ति तथा राजयोग विषयक जनचेतनामुलक अभियान सम्पन्न भएको छ ।बुटवल–१२ ढवाहा स्थित आध्यात्मिक पर्यटकीय रिट्रिट् सेन्टर ग्लोबल पिसपार्कमा एक समारोहको आयोजना गरि क्षेत्रिय कार्यालय बुटवलले आध्यात्मिक प्रवचन,सन्देशमुलक नाटक,राजयोग–ध्यान र साङगितिक कार्यक्रम गरि समापन भएको हो ।रुपन्देही जिल्लाका सयौँ स्थानहरुमा दुब्र्यसनमुक्ति अभियान जिल्लाका सबै सेन्टरले सम्पन्न गरेको र आगामी दिनमा समेत यो अभियान जारी रहने ब्रम्हाकुमारि बुटवलका उपाध्यक्ष ब्रम्हाकुमारि नारायणीले जानकारी दिईन्।
आध्यात्मिक समारोहलाई सम्बोधन गदै प्रमुख अतिथि समेत रहेका खानेपानी,ग्रामिण तथा शहरी विकास मन्त्री चेतनारायण आचार्यले देशमा लागुपदार्थ दुब्र्यसनी र कारोवारीहरु बढ्दै गैरहेको,युवाहरु कुलतमा फसेको,समाज सकारात्मक भन्दा नकारात्मक गतिविधि तर्फ बढि अग्रसर भएकोमा चिन्ता ब्यक्त गरेका छन् ।ब्रम्हाकुमारिज् ईश्वरीय विश्वविधालयले वषौँ देखि भैरहेको आध्यात्मिक गतिविधिले प्रभावकारी भुमिका खेलेको बताए ।नकारात्मक गतिविधीले राज्यलाई क्षेति पुर्योउने तर्फ संकेत गर्दै मन्त्री आचार्यले नैतिक तथा समृद्ध समाज निर्माणका लागी योग,ध्यान र आध्यामिक अभ्यास अत्यन्तै आवश्यक भएको बताए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेले बुटवलकाृ ढवाहा स्थित पिसपार्क केही वर्ष अगाडी सयौँको संख्यामा दुर्व्यसनीको अखडा रहेकोमा ब्रम्हाकुमारिज्को सकारात्मक सोँच,मेहनत र अथक प्रयासले आज नेपालकै गरिमामय आध्यामिक ज्ञान आर्जन गर्ने तथा जिवन रुपान्तरणका लागी उत्कृष्ट गन्तब्य रहेको बताए ।
फरक प्रंसगमा बोल्दै मेयर पाण्डेले रुपन्देहीको बुटवललाई प्रदेश राजधानीलाई सक्षम नदेखि दाङ लैजानुले लाखौँ जनताको अपमान भएको धारणा राख्दै बुटवल राज्यकै हर समृद्धिका पक्षमा अब्बल रहेकाले राजधानी बुटवल नै हुनुपर्ने जिकिर गरे ।
समारोहका सभाध्यक्ष ब्रम्हाकुमारि नेपाल सहनिर्देशक तथा बुटवल अध्यक्ष राजयोगी ब्रम्हाकुमारिज् कमला दिदिले महाशिवरात्रिमा भगवानको नाममा नशालु पदार्थ सेवन गर्ने,नकारात्क तथा भ्रामक धार्मिक प्रचार र अभ्यासले देशका लाखौँ युवाहरु कुलतमा फसेकोमा चिन्ता ब्यक्त गर्दै धर्म र भगवानको यथार्थ सत्य पहिचान र अभ्यास हुनुपर्ने बताईन् ।
दैनिक विश्वमै हजारौँ ब्यक्ति अनैतिक तथा नकारात्मक गतिविधिका कारण अनाहक मृत्युको मुखमा पुगिरहेको,आत्महत्या अकाल,मृत्यु,दुर्घटना,हत्या हिंसा र भ्रष्टाचारबाट सिंगो विश्वजगत नै खतराको मार्गमा अग्रसर रहेकाले एक सभ्य,नैतिक तथा साँस्कृतिक विश्व निर्माण राजयोगबाट संभव भएकोले सवैलाई शिव भगवानद्धारा नै सिकाईएको यस रहस्यमय योग–ध्यानको अभ्यास गरि जिवन रुपान्तरणका लागी सत्कर्म गर्न आग्रह गरिन् ।
आध्यात्मिक उत्प्रेरक राजयोगी ब्र कु.राजु घलेले सिंगो विश्व नै शिघ्र महापरिवर्तनको संघारमा रहेको भन्दै महापरिर्वतन अगाडी नै राजयोगको कोर्स गरि सच्चा ईश्वरीय मार्गमा लागी विश्वलाई स्वर्गमा रुपान्तरण गर्ने महाअभियानमा जुटन सबैलाई आग्रह समेत गरे ।ब्रम्हाकुमारिज् नेपालका केन्द्रीय सदस्य ब्रम्हाकुमार नारायणले शिवरात्रि लगायत सम्पुर्ण चार्डपर्वहरुको भ्रमपुर्ण अभ्यासले समाज अस्वस्थ र अनैतिक बनेको टिप्पणी गर्दै हरेक ब्यक्तिले स्वयं र परमात्मालाई यथार्थ रुपमा पहिचान गरि सभ्य र स्वस्थ र नैतिक रुपले धर्म,संस्कार र पर्व मनाउन सुझाउनुपर्ने बताए ।
ब्रम्हाकुमारि ईश्वरीय विश्वविधालयले विगत ८७ वर्ष देखि विश्वका १४० बढि मुलुकमा रहेका हजारौँ सेन्टरबाट मुल्यनिष्ठ र शिक्षा,तनाव ब्यवस्थापन,राजयोग,ध्यान,सकारात्मक सोँच लगायतका विषयमा ब्यवहारिक शिक्षा दिदैँ आएको छ ।


प्रतिक्रिया दिनुहोस्