सुरेश परियार,माघ २८ गते,रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगपालिकामा तेस्रो राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगिता सुरु भएको छ । स्वस्थ्यका लागी खेलकुद राष्ट्रका लागी खेलकुद भन्ने उदेश्य सहित तेस्रो संस्करणका रुपमा राष्ट्रपति रनिङ्ख शिल्ड प्रतियोगिता माघ २६ गतेबाट सुरु भएको हो । माघ २९ गते सम्म चल्ने राष्ट्रपति रनिङ्शिल्ड प्रतियोगितामा १६ वटा विद्यालयको सहभागिता रहेको छ ।
४ दिन सम्म चल्ने प्रतियोगितामा छात्र तथा छात्रा तर्फ भलिबल,दौड,रिले दौड,कबड्डी लगायतका विभिन्न विधाका प्रतियोगिता हुने नगरपालिकाका शिक्षा,युवा तथा खेलकुद शाखा प्रमुख लक्ष्मी पराजुलीले जानकारी दिईन् । प्रतियोगितामा प्रथम,द्धितिय तथा तृतिय हुनेलाई समापन सत्रमा पुरस्कृत गरिने जनाएको छ ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश शिक्षा तथा सामाजिक विकास निर्देशनालयका निर्देशक यम बहादुर के.सीले विधार्थी सधैव अनुशासित र मर्यादित हुनुपर्ने बताएका छन् । विधार्थीहरुलाई पठनपठान संगै अतिरिक्त क्रियाकलापमा समेत सहभागिता गराउनुपर्नेमा जोड के.सीले दिएका छन् ।

यस्तै,कार्यक्रममा लुम्बिनी साँस्कृतिक नगरपालिकाका मेयर सजरुद्धीन मुसलमानले रुपन्देहीको उद्घाटन सत्रमा सम्बोधन गर्दै लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर सजरुद्धिन मुसलमानले खेल क्षेत्रको श्रवृद्धिमा सधैब पालिका प्रतिबद्ध हुने बताएका छन् । विधार्थीहरुको सर्वाङ्घिण विकासका लागी खेलकुद क्षेत्र पनि अपरिहार्य रहेको बताउँदै मेधावी विधार्थी उत्पादनमा लागी रहने बताए । आगामी दिनमा समेत खेलकुद क्षेत्रको विकासमा बजेट ब्यवस्थापन गरिने जाने मेयर मुसलमानले बताए ।

कार्यक्रममा लुम्बिनी सांस्कृतिक नगरपालिकाका उपमेयर कल्पना हरिजनले खेलकुदकै माध्यमबाट देशको नाम रोशन गर्न सकिने विश्वास दिलाइएकी छन् । शैक्षिक क्षेत्रको गुणस्तर वृद्धि संगै पुर्वाधारमा चासोको साथ हेरिएको उपमेयर हरिजनले बताईन् । पछिल्लो समय बालबालिकालाई सामाजिक संञ्जाल लगायत नेटका कारण अध्ययनमा ध्यान केन्द्रीत नभएको कुरा औँल्याउदै अभिभावकले आफनो छोराछोरीलाई बढि हेरचाह गनुपर्ने बताईन् । पडरिया खेलमैदानमा प्रतियोगिता भईरहेको छ ।


प्रतिक्रिया दिनुहोस्