कृषि र सहकारी

सैनामैनाका किसानलाई ७५% अनुदानमा कृषि औजार वितरण,कृषक हर्षित

सैनामैनाका किसानलाई ७५ प्रतिशत अनुदानमा कृषि औँजार वितरण गरिएको छ । नगरपालिकाको ७५ प्रतिशत र कृषकको २५ प्रतिशत लगानीमा कृषि यान्त्रिकरण तथा कृषि सिंचाई सामाग्री खरिद गरि वितरण गरिएको सैनामैनाका कृषि विकास शाखा प्रमुख सिर्जना खनालले जानकारी दिईन् ।

यस आ.वमा छुटाइएको कुल २५ लाख बजेट मध्ये यान्त्रिकरण तर्फ पवर टिलर १ वटा,८ वटा मिनि टिलर,३ वटा बेसार पिस्ने मेसिन,१ वटा मकै छोडाउने मेसिन र साना सिंचाई तर्फ १३ वटा पम्पसेट,८ वटा ईलेक्ट्रीक मटर सेट गरि ३५ वटा कृषक समुहलाई प्रदान गरिएको हो । कृषि यन्त्र पाए संगै किसान हर्षित हुदै नगरलाई धन्यवाद ज्ञापन गरेका थिए ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै सैनामैना नगरपालिकाका मेयर फणेन्द्र प्रसाद शर्माले कृषिलाई आधुनिकरण एवं प्रविधिकरण गर्न नगरले यो प्रयास चालेको बताए । परम्परागत खेती प्रणाली भन्दा प्रविधिमैत्री प्रणालीले मात्र उत्पादकत्वमा वृद्धि आउने बताउदै मेयर शर्माले कृषि क्षेत्रको विकासमा सवै तह लाग्नुपर्नेमा जोड दिए । कृषिकै माध्यमबाट अर्थतन्त्र संगै आत्मनिर्भर बन्न सकिने तर्क गर्दै मेयर शर्माले आगामी दिनमा समेत कृषकहरुको आवश्यकता अनुसार बजेट ब्यवस्थापन गरिने प्रतिबद्धता ब्यक्त गरे ।

सम्बन्धित समाचार