सैनामैना खेलकुद विकास समिति संयोजकमा खिमराज श्रेष्ठ नियुक्त,खेलकुदको श्रीवृद्धिमा लाग्ने प्रतिबद्धता

सैनामैना नगरपालिकाले खेलकुद विकास समितिको संयोजकको टुंगो लगाएको छ । खेलकुद विकास समिति तथा संञ्चालन कार्यविधि २०७७ अनुसार सैनामैना नगरपालिका खेलकुद विकास समितिको संयोजकमा सैनामैना वडा न.५ निवासी खिमराज श्रेष्ठलाई नियुक्ती गरिएको नगरपालिकाले जनाएको छ ।

नियुक्ती पत्र दिदैँ सैनामैना नगरपालिकाका मेयर फणेन्द्र प्रसाद शर्माले खेलकुदको हवको रुपमा विकास गर्न नगर प्रतिबद्ध रहेको बताउदै सोही अनुसार खेलकुद समिति लाग्न निर्देशन समेत दिएका छन् । नगरबाट हुने खेलहरु अब छिट्टै संञ्चालन गरिने समेत जानकारी मेयरले गराए ।

खेलकुद विकास समितिका नवनियुक्त संयोजक खिमराज श्रेष्ठले खेलकुदको श्रृवद्धिका लागी समिति लाग्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । स्थानीय खेलाडीकाे प्रतिभालाई प्रस्फोटन गरि राष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्न यो टिम लाग्ने उद्घोष गर्दै बाँकी सदस्यले छिटै पुर्णता पाउने जानकारी गराए ।

सम्बन्धित समाचार