खेलकुदप्रदेश ५

मायादेवीमा दोस्रो अध्यक्षकप टि–टवान्टी क्रिकेट सुरु,उद्घाटनमा दुई खेल

सुरेश परियार,माघ १६ गते,

रुपन्देहीको मायादेवि गाउँपालिकामा दोस्रो अध्यक्षकप टि–टवान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । मायादेवि गाउँपालिका शिक्षा,युवा तथा खेलकुद शाखाको आयोजनामा आज देखि माघ २० गते सम्म सो प्रतियोगिता हुन लागेको पालिकाले जानकारी दिएको छ । मायादेवि वडा न.१ देखि ८ सम्मका वडाको सहभागिता रहेको उक्त प्रतियोगितामा प्रथम हुने टिमले नगद राशी रु.३५ हजार,द्धितिय हुने टिमले रु.२५ हजार शिल्ड,मेडल र प्रमाण पत्र प्रदान गरिने छ भने विधागत रुपमा खेलमा प्रर्दशन गर्ने खेलाडीलाई समेत सम्मान गरिने बताईएको छ ।

आजको उद्घाटन खेलमा दुई खेल सम्पन्न भएको छ ।पहिलो खेलमा मायादेवि वडा न.१ र वडा न.३ विच भएको प्रतिस्पर्धामा टस हारेर ब्याटिङ्घ रोजेको वडा न.१ले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १०९ रनको लक्ष्य प्रदान गरेको थियो ।जवाफी मैदानमा उत्रिएको वडा न.३ले १२ ओभरमा ५ विकेट गुमाउदै सो लक्ष्य सजिलै भेटाउन सफल भएको हो ।

यस्तै,आजै भएको दोस्रो खेल वडा न.५ र वडा न.७ बिच भएको थियो । टस हारेर ब्याटिङ्घ गरेको वडा न.७ले निर्धारित ओभरमा ६ विकेट गुमाउदै १७३ रनको लक्ष्य दिईएको थियो भने जवाफी मैदानमा उत्रिएको वडा न.५ले निर्धारित ओभरमा अलआउट हुदैँ १२६ रनमा समेटिएको थियो । आजको पहिलो खेलमा वडा न.३का खेलाडी शिवकान्त यादव र दोस्रो खेलमा वडा न.७का खेलाडी विजय यादव म्यान अफ द म्याच घोषित भएका छन् ।भोलीको खेल पहिलो वडा न.२,वडा न.४ र दोस्रो वडा न.६ र वडा न.८ विच प्रतिस्पर्धा हुने जनाईएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै मायादेवि गाउँपालिकाका अध्यक्ष धुव्रनारायण चौधरीले स्वस्थ्यका लागी खेलकुद,राष्ट्रका लागी खेलकुद भन्ने नारालाई साकार पार्न क्रिकेट प्रतियोगिता गर्दै आएको बताएका छन् ।अध्यक्ष चौधरीले स्थानीय स्तरमा रहेका खेलाडीहरुको प्रतिभालाई प्रस्फोट गर्दै राष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्न अध्यक्षकप क्रिकेट प्रतियोगिताले निर्णायक भुमिका खेल्ने विश्वास समेत लिए । युवा खेलाडीहरुको मर्मलाई बुझि विगद वर्ष देखि क्रिकेट प्रतियोगिता गरिदै आएको बताउदै यि यस्ता प्रतियोगिताले आगामी दिनमा निरन्तरता पाउने जिकिर अध्यक्ष चौधरीले गरे ।

यस्तै,कार्यक्रममा मायादेवि गाउँपालिका शिक्षा,युवा तथा खेलकुद शाखा प्रमुख नारायण लामिछानेले खेलको प्रवर्धन र संस्थागत गर्ने उदेश्यले पालिका भित्र प्रतियोगिता आयोजना गरिएको बताए । खेलाडीहरु उत्पादन संगै खेलकुदकै माध्यमबाट देशको नाम रोशन गर्न सकिने तर्क समेत लामिछानेले गरे ।

उद्घाटन कार्यक्रम मायादेवि वडा न.७का वडाअध्यक्ष तथा खेल ब्यस्थापन उपसमिति संयोजक शैलेन्द्र कुमार पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा कर्मचारी मधुसुदन बेल्बासेको संञ्चालन सम्पन्न भएको हो । खेल मायादेवि वडा न.३ स्थित बरेवा माध्यमिक विद्यालय नजिक रहेको खेलमैदानमा प्रतियोगिता भईरहेको छ ।

सम्बन्धित समाचार