आँपखाेला खानेपानीको साधारण सभा सम्पन्न

सैनामैना वडा न.६ मा रहेको आँपखोला खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको छैठाै साधारण सभा सम्पन्न भएको छ भने दोस्रो अधिबेशन जारी छ ।

साधारण सभालाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका साम्सद भुमिस्वर ढकाल मानवजीवन संग जोडिएको खानेपानीलाई थप ब्यबस्थित बनाउन आग्रह गरेका छ्न । उपभोक्ताको आधारभुत आबस्यकता मै खानेपानी पर्ने हुँदा संस्था बढि सवंदेनशिल बन्नु पर्नेमा जोड दिए ।

आमउपभोक्तालाई शुद्व पानी पिउनका लागि फिल्टर ब्यबस्थापन संगै बजेटका लागी पहल गर्ने प्रतीबद्वता व्यक्त गरे ।
कार्यक्रममा सैनामैनाका सस्थापक मेयर चित्र बहादुर कार्कीले उपभोक्ताको हितमा काम गर्नुपर्नेमा जोड दिए ।बिपन्न परिवारको लागी निशुल्क धारा जडान गर्ने ब्यबस्था सहित अघि बढनुपर्ने बताए ।

आपखोला खानेपानीका अध्यक्ष टाेपलाल पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सैनामैना नगर उपप्रमुख योगिकुटि खानेपानी डिभिजन का प्रमुख गुणानिदी पोख्रेल,सैनामैना वडा न.८का अध्यक्ष बुद्धिराम चौधरी,नेपाली काङ्ग्रेस सैनामैनाका सभापति रण बहादुर खनाल,नेकपा एमालेका नगर अध्यक्ष नारायण न्यौपाने लगायतका आतिथ्यतामा सम्पन्न भएको सस्थाका सदस्य पदम पान्डेले जानकारी दिए ।सोही अबसरमा डिभिजनले खानेपानीलाई उपभोक्ता माझ हस्तान्तरण गरेको छ।

कार्यक्रममा सस्थाका कोषाध्यक्ष तुल्सीराम पोख्रेलले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए भने उपाध्यक्ष ओमकला डुम्रेको स्वागत तथा सचिब पारस पान्डेको सन्चालनमा सम्पन्न भएको थियो । निर्वाचन समितीले आगामी माघ १४ गते सम्म सर्बसम्मत रुपमा समिती चुन्न समयतालिका दिएको छ ।

सम्बन्धित समाचार