सैनामैना नगरपालिकामा स्थानीय विकास कोष पुर्नगठन गरिएको छ । आज एक कार्यक्रमको आयोजना गर्दै नयाँ संञ्चालक समिति चयन गरिएको हो । नव संञ्चालक समितिको अध्यक्षमा पार्वती ज्ञवाली,उपाध्यक्षमा मिना बस्याल र सदस्यहरुमा दुल बहादुर थारु,शुशिला कार्की,मुना वि.क,लक्ष्मी गैरे रेग्मी,माया घिमिरे,सुरज बराल,लक्ष्मी खनाल रहेका छन् ।
सोही कार्यक्रमलाई सम्बोधन गदै सैनामैना नगरपालिकाका मेयर फणेन्द्र प्रसाद शर्माले सामाजिक परिचालनको रुपमा स्थानीय विकास कोष रहने बताएका छन् ।मेयर शर्माले गरिबी न्युनिकरण गर्न,उद्यमशिलता,चेतना तथा सिपविकास गर्न कोषले महत्वपुर्ण योग्दान दिनेको आशा लिए।
सिमित सो्रेत साधनको बाबजुत पनि यस कोषले सामाजिक परिचालनका काम गर्र्दै आएको बताउदै नगरपालिका विकास र समृद्धिको पक्षमा सधै उभिने जिकिर गरे । जव सम्म उधमीशिलतामा जोड्न सक्दैनौँ तव सम्म आत्मनिर्भर हुन नसक्ने मेयर शर्माले उल्लेख गरे ।
आमजनताको जिवनस्तर सुधार गरि आत्मनिर्भरको बाटो निर्माणका लागी कोष कटिबद्ध हुनुपर्ने सैनामैना उपप्रमुख विना रानाले बताईएकी छन् ।वार्षिक कार्यक्रम ल्याएर उधमी बनाउने तर्फ कोष केन्द्रित हुनुपर्ने बताउदै मेयरले शर्माबचत,सिपमुलक तालिम समेत सञ्चालन गर्नुपर्ने बताए ।उपमेयर रानाले कोष संञ्चालनका लागी यस आर्थिक वर्ष १० लाख बजेट विनियोजन गरिएको बताउदै विभिन्न सामुदायिक संस्थाहरु संग सहकार्य र समन्वय गर्नु समेत आग्रह गरिन् ।
नगरपालिकामा भएको कार्यक्रम कोषका अध्यक्ष जिवाखर चापागाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापा,वडा न.२का वडाअध्यक्ष अम्मर कंडेल,३का वडाअध्यक्ष तम बहादुर पुर्जा,४का वडाअध्यक्ष राम प्रसाद अधिकारी,५का वडाअध्यक्ष धन प्रसाद पौडेल,८का वडाअध्यक्ष बुद्धिराम चौधरी,१०का वडाअध्यक्ष कृष्ण घिमिरे लगाायतको आतिथ्यता रहेको थियो ।कार्यक्रममा नगरपालिका कर्मचारी लक्ष्मी खनालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्