सैनामैना जेसिजमा सहमति अझै जुटेन,अध्यक्षमा ४ जनाको दाबी,चुनाव हुने संकेत

विगतमा जस्तै यस वर्ष पनि सैनामैना जेसिजमा कस्को नेतृत्व आउँला भन्ने चासो बढेको छ ।जेसिजमा अध्यक्ष पदका आकांक्षीहरु यतिबेला पुर्वपदाधिकारीहरु संग लबिंङ गर्ने सगै भेटघाटलाई तिव्रता दिएका छन् । आगामी पुष १५ गते सैनामैना जेसिजले अधिबेशन गर्ने मिति सार्वजनिक गरेको छ ।

आगामी नेतृत्वका लागी सैनामैना जेसिजमा चार जनाको दाबी रहेको छ । वर्ष २०२३का लागी जेसिजको अध्यक्षमा अध्यक्ष सल्लाहकार गोविन्द खरेल,ई.भि.पि यदुनन्द भण्डारी,ई.भि.पि सुरज भट्टराई र महासचिब कृष्ण भण्डारीको दाबी रहेको छ।जेसिजले पाँचौ पटक सम्म छलफल गराएता पनि सहमति जुट्न नसक्दा नेतृत्वका लागी चुनावी प्रक्रिया अघि बढ्ने संकेत देखिएको हो ।

सैनामैना जेसिज वर्ष २०२२का अध्यक्ष रामचन्द्र ढकालले बारम्बार सहमति गराउने प्रयास गरेता पनि हाल सम्म सहमति हुन नसकेको स्विकार गरेका छन् । सहमतिको बिन्दुमा पुग्न नसके निर्वाचन प्रक्रिया अघि बढाईने बताउदै माघ अन्तीम सम्म सैनामैना जेसिजले नयाँ नेतृत्व पाउने उद्घोष गरे ।

सम्बन्धित समाचार