सुरेश परियार, पुष ३ गते,
रुपन्देहीको एक सरकारी कार्यालयमा तोडफोर्ड भएको छ। कञ्चन गाउँपालिका वडा न. ५वडा कार्यालयमा गयराती करिब ११ बजेको समयमा अज्ञात समुहले तोडफोर्ड गरेका हुनु ।वडाअध्यक्ष कुल प्रसाद पौडेलको कार्यकक्षको दुईवटा झयाल फुटाइएको छ ।
सो घटनाबारे अनुसन्धान सुरु गरिसकेको इलाका प्रहरी रुद्रपुर कार्यालयका प्रहरी निरिक्षक राजाराम यादवले जानकारी दिए । घटना किन गराईयो, कस्ले गर्यो भन्ने कुरा अनुसन्धान पछि खुल्ने बताउँदै घटनामा संलग्न जो कोहीलाई कानूनी दायरमा ल्याइने प्रहरी निरिक्षक यादवको भनाई छ ।
घटनालाई लिएर वडाअध्यक्ष कुल प्रसाद पौडेलले निन्दा प्रकट गरेका छन् । सरकारी सम्पत्ती माथि गरिएको आक्रमणप्रति खेद प्रकट गर्दै सलग्न जो कोहीलाई कार्वाही गर्नुपर्नेमा जोड दिए ।साथै, तोडफोर्ड गर्ने क्रममा आफुलाई गाली गलौंच तथा धम्की पनि दिएको कुरा स्थानीयलाई उद्धत गर्दै बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्