सुरेश परियार,असोज २८ गते,
रुपन्देही प्रहरीले अवैध चाँदी बरामद गरेको छ । बिहिबार सिद्धार्थनगरपालिका वडा न.२,मेउडिहवाबाट अवैध चाँदी सहित दुई भारतीय नागरिक पक्राउ परेको रुपन्देही प्रहरीका प्रबक्ता तथा प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले जानकारी दिए ।
प्रहरी नायब उपरिक्षक श्यामु अर्यालका अनुसार विशेष सुराकीको आधारमा यु.पि लेखेको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा ४ के.जी ५२२ ग्राम चाँदी बरामद गरिएको हो । बरामद गरिएको अवैध चाँदीको बजार मुल्य रु.५ लाख ५१ हजार ४ सय ११ रुपियाँ पर्ने जाने अनुमान गरिएको छ ।
पक्राउ पर्नेमा जिल्ला महाराजगंज थाना कोलही भारत बस्ने २५का शैलेन्द्र बर्मा र सोही ठाउँ बस्ने वर्ष २६का सतेन्द्र बर्मा रहेका छन् ।बरामद गरिएको चाँदी,मोटरसाइकल र पक्राउ परेका दुई भारतिय नागरिक आवश्यक कार्बाहिका लागी भन्सार पठाईएको प्रहरी जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्