कलौनी ब्रदर्श सामाजिक काममा सक्रिय बन्दै,सार्वजनिक शौचालय निर्माण देखि सरसफाई सम्म

सुरेश परियार,असोज १३ गते,

रुपन्देहीको सैनामैनामा रहेको कलौनी ब्रदर्श सामाजिक काममा सक्रिय भएको पाइएको छ ।पछिल्लो समय सामाजिक काम संगै धार्मिक तथा पर्यटन क्षेत्रको प्रवर्धनमा समेत ब्रर्दश लागेको प्रष्ट देखिन्छ ।

गत असोज १० गते विभिन्न सामाजिक काम ब्रर्दशले गरेको छ । सैनामैना वडा न.६ मलमला मन्दिर नजिक कलौनी ब्रदर्शको पहलमा निर्माण भएको सार्वजनिक शौचालय हस्तान्तरण गरिएको ब्रर्दशका संयोजक बिक्की छहारीले जानकारी दिए ।

यस्तै,सोही दिन मलमला क्षेत्र वरपर सरसफाई गरिएको थियो भने पर्यटन प्रबर्धन गर्नका लागी साइकल यात्रा समेत गरिएको हो ।समाजमा भएका विकृति विसंगतिलाई हटाई सुसभ्य समाज निर्माणमा कलौनी ब्रदर्श साथमा रहेको बिक्की छहारी उल्लेख गरेका छन् ।सबैको अथक प्रयासबाट मात्र विकासले तिव्रता पाउने विश्वास छहारीले अपेक्षा गरे ।

कार्यक्रममा सैनामैना नगरपालिका वडा न.६का वडाअध्यक्ष गोपाल पोख्रेलले युवाहरुको साथ पाए वडाले विकासको गति लिने विश्वास लिएका छन् । कलौनी ब्रदर्शलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा यि यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह अध्यक्ष पोख्रेलले गरे ।

सम्बन्धित समाचार