खेलकुद

बुद्धभुमी फुटबल एकेडेमीमा नयाँ नेतृत्व,अध्यक्षमा मुकेश थापा

सुरेश परियार,असोज ९ गते,
रुपन्देहीको सैनामैनामा रहेको बुद्धभुमि फुटबल एकेडेमीमा नयाँ नेतृत्व आएको छ । एकेडेमीको प्रथम साधारण सभा तथा अधिबेशनले मुकेश थापाको अध्यक्षतामा २३ सदस्यीय सर्वसम्मत चयन गरेको हो ।एकेडेमीको वरिष्ठ उपाध्यक्ष केशरमणी गौतम,उपाध्यक्षद्धयमा विवेक भुषाल र बेल बहादुर सुनार,महासचिब पवन ज्ञवाली,सचिबमा शेर बहादुर ज्ञवाली,कोषाध्यक्षमा सन्तोष सेन्चुरी,सहकोषाध्यक्षमा प्रदिप अर्याल र सदस्यहरुमा गिरि प्रसाद थापा,नारायण कार्की,दिपक गुरुङ,विशाल पुन,सागर ढकाल,कृष्ण बलाल,यम बहादुर श्रीस,कृष्ण अर्याल,लोकमणी ढकाल,शंकर काउचा,दिलु श्रेष्ठ,कृष्णमणी पराजुली,चन्दु्र घर्ति मगर,बोम बहादुर थापा,चिरञ्जिवी भुषाल,अनिल के.सी रहेका छन् ।

एकेडेमीको प्रथम साधारण सभा,अधिबेशन तथा पिकनिक कार्यक्रममा बुद्धभुमि फुटबल एकेडेमीका अध्यक्ष मुकेश थापाको अध्यक्षता,लुम्बिनी प्रदेश सांसद भुमिश्वर ढकालको प्रमुख आतिथ्यता तथा सैनामैना वडा न.८का वडाअध्यक्ष बुद्धिराम चौधरी,वडा न.९का वडाअध्यक्ष भानुभक्त पाण्डे र सैनामैना वडा न.७का वडाअध्यक्ष राजकुमार चौधरीको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

सोही अवसरमा लुम्बिनी प्रदेश सांसद भुमिश्वर ढकालले खेलकुदको श्रीबृद्धिका लागी सवैको साथ र सहयोग हुन जरुरी रहेको बताए । स्थानीय खेलाडीहरुलाई राष्ट्रिय खेलाडीको रुपमा स्थापित गराउन तिनै तहका सरकार जिम्मेवार बन्न आवश्यक रहेको बताउँदै आफनो तर्फबाट एकेडेमीको लागी सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

औपचारिक रुपमा एकेडेमीले पुर्णता पाएको एकेडेमीका नवअध्यक्ष मुकेश थापाले बताएका छन् । धेरै संघर्षका साथ एकेडेमी खोलिएको बताउँदै हरेक खेलहरुको विधामा खेलाडीहरुलाई दक्ष बनाउने भावि योजना समेत प्रकट गरे । स्थापना गरे संग एकेडेमीले राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा समेत राम्रो प्रदर्शन गर्न सफल भएको बताउँदै सरकारले पनि बजेट ब्यवस्थापन गर्न आवश्यक रहेको कुरा अध्यक्ष थापाले उल्लेख गरे ।

कार्यक्रममा एकेडेमीलाई स्थापनाकाल देखि सहयोग गर्दै आएको भन्दै न्यु पुर्णकला सुनचाँदी पसलका संञ्चालक सन्तोष सेन्चुरीलाई खादाद्धारा सम्मान गरिएको हो ।कंञ्चन स्थित दानापुरतालमा भएको कार्यक्रममा कमल रानाको सञ्चालन रहेको थियो ।

सम्बन्धित समाचार