सुरेश परियार,असोज ३ गते,
आज असोज ३ गते अर्थात संविधान दिवस विभिन्न कार्यक्रम गरि देशभरी मनाईएको छ । सो अबसर पारेर इलाका प्रहरी कार्यालय रन्यौराको आयोजना तथा सैनामैना होटल तथा रेस्टुरेन्ट व्यावसायि संघको समन्वयमा दिप प्रज्ज्वलन गरेको होटल व्यावसायि तथा युवा समाजसेवि गोबिन्द खरेलले जानकारी दिए ।
दिप प्रज्ज्वलन कार्यक्रमलाई उद्घाटन गर्दै सैनामैना नगरपालिकाका मेयर फणेन्द्र प्रसाद शर्माले नेपालको संबिधान जनताको हितमा भएकाले उत्सवकै रुपमा मनाउनु पर्नेमा जोड दिए ।
संविधानले प्रत्यायोजन गरेको अधिकारको उपभोग गर्न आग्रह गर्दै यसको पालना गर्नु पनि अपरिहार्य रहेको कुरा मेयर शर्माले औंलाए ।साथै,संविधान माथी कोहि नभएको समेत मेयर शर्माले उल्लेख गरे ।
७० बर्ष लगाएर बनाएको संविधान देश र जनताको हितमा भएको भन्दै यसको कार्यान्वयन गर्नुपर्ने दायित्व सबैको भएको इलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी निरीक्षक जीवन लामिछाने बताएका छ्न ।संबिधानले दिएको कानुनलाई अक्षरांश पालना गर्नाले सु-सभ्य समाज स्थापित हुने निरीक्षक लामिछाने उल्लेख गरे ।
कार्यक्रममा प्रहरी,होटेल व्यावसायि,स्थानिय लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्