रेडक्रस पर्रोहा उपशाखाद्धारा रक्तदान,१०२ युनिट रगत संकलन

सुरेश परियार,भाद्र २९ गते,

नेपाल रेडक्रस सोसाईटी पर्रोहा उपशाखा सैनामैनाको आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय बालदिवसको अवसरमा पारेर आज आयोजना गरिएको रक्तदान कार्यक्रममा एक सय दुई युनिट रगत संकलन भएको कार्यक्रम संयोजक तथा सोसाईटी पर्रोहा उपशाखा उपसभापति मिना भण्डारीले जानकारी दिइन् । प्रभावत आवसीय माध्यमिक विद्यालयमा भएको कार्यक्रममा प्राविधिक सहयोग रक्तसंञ्चार केन्द्र बुटवलको रहेको थियो ।

सोही अवसरमा बोल्दै सैनामैना नगरपालिका मेयर फणेन्द्र प्रसाद शर्माले मानवीय सेवामा क्रियाशिल रेडक्रसले प्रशंसनीय कार्य गरेको भन्दै धन्यवाद ज्ञापन गरेका छन् । नगरको विकासका लागी यस्तै सामाजिक संघसंस्थाहरु संग हातेमालो गर्न नगर तयार भएको बताउँदै मेयर शर्माले आवश्यक सहयोग रहने प्रतिबद्धता समेत ब्यक्त गरे ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी पर्रोहा उपशाखा सभापति दिनेश पौडेलले रक्तदान जिवन दान भएको बताएका छन् । विपतमा परेकाको उद्धार मात्र नभई रगतको अभाव हुन नदिन पनि यि यस्ता कार्यक्रमलाई निरन्तरता दिईरहेको सभापति पौडेलले उल्लेख गरे ।नगरपालिकाका संग रेडक्रस हातेमालो गर्न तयार भएको भन्दै सभापति पौडेलले रेडक्रसको भवन निर्माण गर्न नगरपालिकाले चासो दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाईटि लुम्बिनी प्रदेश महासचिब लाल प्रसाद पंगेनी,सैनामैना नगरपालिका वडा न.४का वडाअध्यक्ष राम प्रसाद अधिकारी,नेपाली कांग्रेस सैनामैना सभापति रण बहादुर खनाल,एमाले जिल्ला सदस्य चन्द्रकान्त भण्डारी,माओवादी केन्द्र सैनामैनाका नेता तेजेन्द्र सुवेदी,विद्यालयका प्राधानाध्यापक अनन्तराम शर्मा लगायतले बोलेका थिए भने कार्यक्रमको संञ्चालन सचिब दिपक कुमार चालिसेले गरेका थिए ।

सम्बन्धित समाचार