सैनामैनाको नवप्रमुख प्रशासकीय अधिकृतमा जनक थापा,कानुनलाई अक्षरांश कार्यान्वयन गर्ने प्रतिबद्धता

सुरेश परियार,भाद्र २९ गते,

रुपन्देहीको सैनामैना नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा जनक थापा हाजिर भएका छन् ।नेपाल सरकारले कर्मचारी हेरफेर गर्ने क्रममा उपसचिव जनक थापालाई सैनामैना नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाएको छ ।उपसचिव थापाले गत सोमबारबाट नगरपालिकामा आफनो सेवा प्रारम्भ गरेको जनाइएको छ ।रुपन्देही जिल्ला प्रशासन कार्यालय,भैरहवा कारागार लगायत विभिन्न ठाउँहरुमा कुशलतापुर्वक आफनो जिम्मेवारी समाल्दै आएका थापा अनन्तत सैनामैनामा खटिएका छन् ।

सेवा आरम्भ गर्दै सैनामैना नगरपालिकाका नवप्रमुख प्रशासकीय अधिकृत जनक थापाले कानुनलाई अक्षरांश कार्यान्वयन गर्ने प्रतिबद्धता ब्यक्त गरे । नगरकार्यापालिका र मातहात रहेका कार्यालयबाट आमजनतालाई छिटो र सहजरुपमा सेवा प्रवाह गर्ने बताउँदै समृद्ध नगर बनाउन जनप्रनितिधी,विभिन्न राजनितिक दल,नागरिक समाज,क्लब र नगरबासीको साथ र सहयोगको समेत थापाले अपेक्षा गरे ।नवप्रमुख प्रशासकीय अधिकृत थापाले बिलम्ब नगरि जनतालाई सेवा प्रवाह गर्न मातहात कर्मचारीलाई निर्देशन दिएका छन् ।

सैनामैना नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा रहेका भिम प्रसाद तिवारीलाई भने मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय लुम्बिनी प्रदेश खटाईएको छ ।

 

सम्बन्धित समाचार