सुरेश परियार,भाद्र २८ गते,
उत्कृष्ठ कार्य गरेको भन्दै सैनामैना जेसिज अवार्डद्धारा सम्मानित भएको छ । नेपाल जेसिजले प्रदान गर्ने जेसिज अफ द मन्थ एरिया ‘डि’ अन्र्तगत अगष्ट महिनाको अवार्ड सैनामैना जेसिजलाई प्रदान गरेको सैनामैना जेसिजका अध्यक्ष सल्लाहकार गोविन्द खरेलले जानकारी दिए ।
अगष्ट महिनामा बोलबम धाममा लागेको एक महिने श्रावणी मेलामा निशुल्क स्वास्थ्य शिविर,ब्यावसायिक कुखुरा पालन,मृर्गौला पिडितलाई आर्थिक सहयोग,वृक्षारोपण जस्ता कार्य गरेको भन्दै नेपाल जेसिजले जेसिज अफ द मन्थद्धारा सम्मान गरेको सैनामैना जेसिजका अध्यक्ष रामचन्द्र ढकालले बताए ।
एरिया ‘डि’मा पर्ने ५२ वटा जेसिज शाखालाई पछि पार्दै सैनामैना जेसिजले अवार्ड चुम्न सफल भएको अध्यक्ष ढकालले उल्लेख गरे । सैनामैना जेसिजले सामाजिक कार्य अन्र्तगत हाल सम्म १८ वटा कार्यक्रम गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्