सुरेश परियार,भाद्र २२ गते,
सशस्त्र प्रहरीका प्रहरी नायव उपरिक्षक हिरा बोहोराले आफनो छोराको जन्मदिन अनाथ बालगृहमा मनाईदिएका छन् ।
डिएसपी बोहोराले आफनो छोरा आरम्भ बोहोरा दुई वर्ष पुरा भई तिन वर्षमा प्रवेश गरेको शुअवसरमा सैनामैनामा रहेको अभियान बालगृहमा शैक्षिक तथा खाद्यन्न सामाग्री प्रदान गरि जन्मदिन मनाई दिएका हुन् ।आज अभियान बालगृहमा रहेका ८ जना बालबालिकाहरुलाई कापी,पेन र खाधान्न सामाग्री प्रदान गरिएको हो ।
अभिभावक विहिन तथा द्धन्द्धपिडितका बालबालिकालाई सहयोग गर्न पाउँदा आफु हर्षित भएको कुरा डिएसपी बोहोराले दर्साए । उनले जन्मदिनको बेला फजुल खर्च गर्नुभन्दा अनाथ बालबालिकालाई सहयोग गर्नाले उनीहरुको शैक्षिक उन्नयन हुनाका साथ दैनिकीमा सहजता आउँने बताए ।
मन्दिरमा गएर मुर्ति पुज्नुभन्दा अनाथ,अपांग तथा बेसाराहरुलाई सहयोग गर्नाले पुण्य मिल्ने समेत डिएसपी बोहोराको ठम्याई छ । सवैको अपनत्वले मात्र समाज अघि बढ्ने उल्लेख गरे ।शैक्षिक तथा खाद्यन्न सामाग्री प्राप्त गरे संगै अनाथ बालबालिकाहरु खुशी भएका थिए ।


प्रतिक्रिया दिनुहोस्