सुरेश परियार,भाद्र १६ गते,
पाल्पा–बुटवल सडक खण्ड भाँसिएको छ ।वर्षका कारण आज तिनाउ गाउँपालिका वडा न.५ हिउँदेखोला अन्र्तगत पर्ने पाल्पा–बुटवल सडक खण्ड भाँसिएको हो । सडकै नै भाँसिदा छोटा तथा लामो दुरीका सवारी साधन बाटोमा रोकिएका छन भने यात्रु अलपत्र परेका छन् ।
सडक विभागले एक्साभेटर लगाएर केही ढुंगा तथा माटो पन्छाउने काम गरेको छ भने बाटो पुर्ण रुपमा अवरोध भएको छ ।सडक अति नै भाँसिएका कारण बैकल्पीक बाटोका लागी सडक विभाग लागी परेको देखिन्छ ।बाटो पुर्णमा रुपमा सञ्चालनमा आउन केही दिन लाग्ने अनुमान गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्