सैनामैना तिज महोत्सवमा निःशुल्क स्वास्थ्य परिक्षण,भोली कलाकार कुलेन्द्र र टिकाले धमाका दिदैँ

सुरेश परियार,भाद्र ३ गते,

सैनामैनाको कलौनीमा जारी तिज महोत्सवमा स्वास्थ्य शिविर पनि सञ्चालनमा आएको छ ।नेपाली महिलाहरुको हरितालीका तिजका अवसर पारेर दुधराक्ष युवा क्लब र उमंङ म्युजिक प्रा.लिको आयोजना तथा जय माता दि एम्युजमेन्ट प्रा.लिको ब्यवस्थापनमा भएको महोत्सवमा दर्शकहरुका लागी निःशुल्क शिविर हुन लागेको हो ।
क्लबका सचिब पदम पाण्डेका अनुसार भाद्र ४ गते देखि महोत्सव अवधि भरि चौराह हस्पिटलको प्राविधिक सहयोगमा सुगर परिक्षण हुने जनाइएको छ ।

यस्तै,आज अविरल वर्षाका कारण महोत्सव स्थगित भएको छ भने भोली अर्थात भाद्र ४ गते राष्ट्रिय लोक तथा दोहोरी गायक कुलेन्द्र वि.क,लोक तथा दोहोरी गायिका टिका सानु लगायत स्थानीय स्तरको कलाकारहरुको बेजोड प्रस्तुत रहने समेत बताइएको छ ।महोत्सवमा करिब १ लाख बढि दर्शकहरु भित्रिने अनुमान गरिएको छ भने महोत्सवमा बिक्रि भएको प्रति टिकट बापत रु.१ रुपियाँ सामाजिक क्षेत्रमा खर्च गरिने बताइएको छ ।सैनामैना वडा न.६ स्थित कलौनी बजारमा सो महोत्सव भईरहेको छ ।

 

सम्बन्धित समाचार