सुरेश परियार,साउन ३१ गते,
रुपन्देहीको सैनामैनामा सैनामैना तिज महोत्सव हुने भएको छ ।नेपाली महिलाहरुको हरितालीका तिजका अवसर पारेर दुधराक्ष युवा क्लब र उमंङ म्युजिक प्रा.लिको आयोजना तथा जय माता दि एम्युजमेन्ट प्रा.लिको ब्यवस्थापनमा महोत्सव हुन लागेको हो ।आज पत्रकार सम्मेलन गर्दै महोत्सवको तयारी पुरा भएको बताउदै यहि भदौ २ गते देखि १४ गते सम्म महोत्सव सञ्चालन हुने बताइएको छ ।
नेपाली लोकसंस्कृतिलाई जर्गेना गरि सैनामैनालाई व्यापार क्षेत्रमा उत्पादित वस्तु, सेवा, सीप, पर्यटकहरुको आर्कषणको केन्द्र बनाउन महोत्सव गर्न लागीएको अध्यक्ष पोख्रेलले बताएका छन् । अध्यक्ष पोख्रेलले महोत्सवमा पर्यटन प्रवर्द्धन गोष्ठी,औद्योगिक प्रदर्शनी,उत्पादित वस्तुको खरीद बिक्री,दैनिक उपभोग्य वस्तु तथा सेवाहरुको प्रदर्शनी तथा खरीद विक्री,बालउद्यान हुनेछ भने राष्ट्रिय स्तरको हास्यव्यङग्य कलाकारहरुको बेजोड प्रस्तुत रहने समेत उल्लेख गरे ।
साथै,महोत्सवमा बालउद्यान,अन्तरविद्यालय तिज गित प्रतियोगिता, खुल्ला तिज गित प्रतियोगिता,डान्सीङ आइडल समेत हुने जनाइएको छ ।महोत्सव सम्पन्न गर्न अनुमानित ५० लाख लाग्ने अनुमान गरिएको छ भने सैनामैना नगरपालिका,प्रदेश मन्त्रालय,विभिन्न ब्यापारिक सस्थाहरुबाट आर्थिकको प्रबन्ध गरिने आयोजकले जनाएको छ ।
महोत्सवमा करिब १ लाख बढि दर्शकहरु भित्रिने अनुमान गरिएको छ भने महोत्सवमा बिक्रि भएको प्रति टिकट बापत रु.१ रुपियाँ सामाजिक क्षेत्रमा खर्च गरिने बताइएको छ ।सैनामैना वडा न.७ देउवपार स्थित होटल द दारीमा भएको पत्रकार सम्मेलनमा सचिब पदम पाण्डेको सञ्चालन रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्