सुरेश परियार,साउन ३१ गते,
रुपन्देहीको सैनामैना स्थित कलौनीमा अस्थायी जेब्रा क्रसिङ निर्माण भएको छ । दुधराक्ष युवा क्लब सैनामैनाको आयोजना तथा अस्थायी ट्राफिक प्रहरी कार्यालय सालझण्डीको समन्वयमा पुर्व–पश्चिम राजमार्ग अन्तरगत कलौनीमा जेब्रा क्रसिङ निर्माण गरिएको दुधराक्ष क्लबका युवा सदस्य बिक्कि छहारी मगरले जानकारी दिए ।
दुर्घटना न्यूनिकरण गर्न क्लबको सक्रियतामा जेब्रा क्रसिङ निर्माण गरिएको क्लबका अध्यक्ष किरण पोख्रेलले बताएका छन् । सवारी चाप अत्याधिक बढेकाले आवागमनमा समस्या समाधान गर्न र पदलयात्रीलाई बाटो काटन् सहजहोस् भन्ने उदेश्यले निर्माण गरिएको अध्यक्ष पोख्रेलको भनाई छ ।दुर्घटना न्यूनिकरण गर्न सरकारी स्तरबाट नै चासो दिनुपर्ने औँल्याउदै अध्यक्ष पोख्रेलले जेब्रा क्रसिङ निर्माण गरे संगै कलौनीमा लाग्न लागेको तिज महोत्सवको बेला कुनै दुर्घटना नहुने कुरामा समेत टेवा पुग्ने बताए ।
यस्तै,अस्थायी ट्राफिक प्रहरी कार्यालय सालझण्डीका प्रमुख तथा प्रहरी नायव निरिक्षक विपिन बकावल मगरले क्लबले सराहनीय कार्य गरेको प्रति धन्यवाद ब्यक्त गर्दै यि यस्ता काममा ट्राफिक प्रहरी सधै हातेमालो गर्न तयार भएको बताए ।सवारी दुर्घटना कम गर्न र अस्तब्यस्त आवागमनलाई नियन्त्रण गर्न पनि जेब्रा क्रसिङले निर्णायक भुमिका खेल्ने बताउँदै जेब्रा क्रसिङकै प्रयोग गरि यात्रा गर्न पदैलयात्रीलाई आग्रह गरेका छन् ।
कार्यक्रममा क्लबका प्रथम उपाध्यक्ष श्रवण भट्ट,द्धितिय उपाध्यक्ष सुनिल पोख्रेल,सचिब पदम पाण्डे,सदस्यहरु महेन्द्रचन्द चुनारा,चिरञ्जीवी लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।कलौनी ब्रर्दसका युवाहरु दुधराक्ष युवा क्लबमा समावेश भए संगै सामाजिक कामले अझै तिव्रता पाएको छ ।



प्रतिक्रिया दिनुहोस्