रुपन्देहीमा गोलि चल्यो,एकजना घाइते

सुरेश परियार,साउन २९ गते,

रुपन्देहीको ओमसतिया गाउँपालिकामा गोलि चलेको छ । अज्ञात समुहले चलाएको गोलि लागेर एक जना युवा घाइते भएको जानकारी प्राप्त भएको छ ।

रोहिणी वडा न:१ बाइपास सिद्धर्थ कटेजमा करिब ११ बजे राती अज्ञात समुह द्वारा लुटपाट गरि ओमसतियाको बसन्तपुर वडा कार्यालय अगाडी सि.न.पा १,बेलाहिया बस्ने बिकास गुरुङ्ग लाई गोलि हानी हत्या गर्ने प्रयास भएको रोहिणी गाउँपालिकाका अध्यक्ष बिधा यादवले जानकारी दिए ।

घाइते लाई उपचारको लागि भैरहवा मेडिकल कलेजमा पठाइएको छ भने घटना सम्बन्धि थप अनुसन्धान अघि बढेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार