सुरेश परियार,साउन २६ गते,
मेगा बैंक लुम्बिनी प्रदेशले शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरेको छ । बैंकले रुपन्देहीको सैनामैनामा रहेका बौद्धिक अपांगता सेवा केन्द्रलाई शैक्षिक तथा खेलकुद सामाग्री प्रदान गरेको छ । मेगा बैंकका लुम्बिनी प्रदेशमा कार्यरत सम्पूर्ण कर्मचारीहरुले आफ्नो आम्दानीमध्येबाट रकम छुट्टाई स्वेच्छिक रुपमा संकलन भएको रकमबाट सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बौद्धिक अपांगता सेवा केन्द्र सैनामैना ८,रामापुर रुपन्देहीलाई सहयोग गरिएको बैँकका नयाँ शाखा प्रमुख अशोक रानाले जानकारी दिए ।
बौद्धिक अपांगता भएका बालबालिका तथा विद्यार्थीहरुको पठनपाठन र सिकाईमा सहज होस भन्ने हेतुले विभिन्न खेलकुद तथा शैक्षिक सामाग्री प्रदान गरिएको मेगा बैंक भैरहवा शाखाका प्रबन्धक मिलन कुमार पुनले जानकारी दिए ।कार्यक्रम मेगा बैंक लुम्बिनी प्रदेश प्रमुख बिश्व पौड्यालको अध्यक्षता,सैनामैना नगरपालिका उप–प्रमुख बिना रानाको प्रमुख आतिथ्यता रहेको थियो ।
सोही कार्यक्रमलाई सम्बोधन गर्दै सैनामैना नगरपालिका उपप्रमुख विना रानाले अपांगता भएका ब्यक्तिहरुलाई सम्मान ब्यवहार देखि सहयोगी हातहरु अघि बढाउन सबैलाई आग्रह गरिन् ।बैँकका कर्मचारीले आफ्नो आम्दानीबाट रकम संकलन गरि बौद्धिक अपांगता भएका ब्यक्तिहरुलाई सहयोग गरेकोमा प्रंशसा गर्दै उपप्रमुख रानाले तिनै तहको सरकारले उनीहरुको सर्वाङ्गगिण विकासमा चासो दिनुपर्ने कुरा औँलाइन् ।
यस्तै,कार्यक्रममा मेगा बैंक लुम्बिनी प्रदेशका प्रदेश प्रमुख विश्व पौडयालले सेवाग्रहीलाई वित्तिय सेवा मात्र नभई सामाजिक सेवामा पनि मेगा बैँकले चासो दिइरहेको बताए ।सुसम्पन्न समाज निर्माण गर्न अपांगता ब्यक्तिहरुको जिवनस्तर बृद्धि गर्न सामाजिक सस्था,वित्तिय सस्थाहरुले सहयोगी हातहरु बढाउनुपर्ने बताए ।
कार्यक्रममा मिलन कुमार पुन,सेवा केन्द्रकि शिक्षिका सुशीला भण्डारी,सैनामैना नगरपालिका कार्यपालिका सदस्य दुर्गा माया श्रेष्ठ लगायतले बोलेका थिए ।सो कार्यक्रममा मेगा बैंकका विभिन्न साखाका प्रमुख,प्रदेश कार्यालय र शाखा कार्यालयका कर्मचारीहरु,केन्द्रका ब्यबस्थापन समितिका प्रतिनिधि,बिद्यार्थी र अभिभावकहरुको उपस्थिती रहेको थियो ।
यस अघि बैंकले लुम्बिनी प्रदेश स्थित नेपालगञ्जको मानवसेवा आश्रम, दाङ्गको घोराहीमा रहेको नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्र,पाल्पाको अभियान नेपाल संस्था र रुपन्देहीको सियारीमा रहेको बिरेन्द्र माबीका दृस्टीबिहिन स्रोतका बिद्यार्थीहरुलाइ समेत विभिन्न सामाग्रीहरु वितरण गरिसकेको आयोजकले जनाएका छ ।कार्यक्रममा मेगा बैंक बुटवल शााखाका प्रमुख अमृत थापाको स्वागत र नयाँगाउँ शाखा प्रमुख अशोक रानाको संचालन रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्