दुधराक्ष क्लबको सराहनीय कार्य : तिर्थालुलाई भोजन तथा पानी वितरण

सुरेश परियार,साउन २३ गते,

धार्मिक महत्व बोकेको कालमोचन शिवालय मन्दिरमा जल चढाउन आएका तिर्थालुहरुलाई निशुल्क भोजन तथा पानी वितरण गरिएको छ ।दुधराक्ष युवा क्बल सैनामैनाले बोलबम तथा श्रावणी मेलामा आएका श्रद्धालु भक्तजनहरुलाई निशुल्क भोजन तथा शुद्ध पानी वितरण गरिएको क्लबका द्धितिय उपाध्यक्ष तथा कार्यक्रम संयोजक सुनिल पोख्रेलले जानकारी दिए । कार्यक्रम संयोजक सुनिल पोख्रेलका अनुसार ३ सय ५० जना बढि भक्तजनहरुलाई भोजन गराइएको हो ।

सामाजिक काम संगै धार्मिक क्षेत्रको विकासमा समेत क्लब अगाडी रहेको क्लबका अध्यक्ष किरण पोख्रेलले बताए । विगतका वर्षमा जस्तै यस वर्ष पनि बोलबम तथा श्रावणी मेलामा आएका भक्तजनलाई सहयोग गर्न पाउदा आशिक मिल्ने र मनोकामना पुरा हुने विश्वास समेत अध्यक्ष पोख्रेलले गरे ।

सैनामैना वडा न.६मा रहेको कालमोचन मन्दिरको प्राङगणमा भएको कार्यक्रमको सञ्चालन सचिब पदम पाण्डेले गरेका थिए ।साथै,सो कार्यक्रमको अवसरमा मन्दिर परिसर सरससफाई गरिएको थियो ।

सम्बन्धित समाचार