बुटवल डिएसपि के.सीको अर्को अप्रेशन : फलामले हानेर हत्या गर्ने गौतमलाई बेलहियाबाट पक्राउ

ट्रकको पैसा तिर्न नसक्ने भएपछि गौतमले हत्या गर्ने योजना बनाएर विष्णुबहादुर पाण्डेलाई गत सोमबार अर्घाखाँचीस्थित आफ्नो घर लिएर गए ।त्यसको भोलिपल्ट गौतमले कालिज मार्न भनी विष्णुबहादुर पाण्डेलाई जंगलमा लगेर पछाडिबाट टाउकोमा नट खोल्ने फलामको हवीलले प्रहार गरी हत्या गरेको र सोही स्थानमा रहेको भीरबाट तल खसालेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक ठग बहादुर केसीले जानकारी दिए ।

सुरेश परियार,साउन १५ गते,

उधारोमा ट्रक लिएका एक व्यक्तिले पैसा तिर्न नसकेपछि बिक्रेताको हत्या गरेका छन् ।ट्रक बिक्रेता अर्घाखाँचीको मालारानी गाउँपालिका–२ घर भई रुपन्देहीको बुटवल उपमहानगरपालिका–१३ बेलवास बस्ने ४४ वर्षीय विष्णुबहादुर पाण्डेको क्रेता अर्घाखाँचीको पाणिनी गाउँपालिका–२ घर भई रुपन्देहीको सैनामैना नगरपालिका–६ कलौनी बस्ने ४३ वर्षीय दीपक भन्ने कुलचन्द्र गौतमले हत्या गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक ठग बहादुर के.सीले जानकारी दिए ।

गत सोमबार पाण्डे गौतमसँग लु १ ख ७७८१ नम्बरको ट्रक पास गर्न भनी हिँडेकोमा सोही दिनदेखि सम्पर्कविहीन बनेका थिए । छोरी शिला पाण्डेले बुबा हराएको भनी गत बुधबार जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा निवेदन दिएपछि प्रहरीले विष्णुबहादुरको खोजी सुरु गरेको थियो ।इलाका प्रहरी कार्यालय बुटवलले खोजतलासको क्रममा जिल्ला प्रहरी कार्यालय अर्घाखाँची संग समवन्य गरि खटिएको प्रहरी टोलीले स्थानीयहरूको सहयोगमा शनिबार दिउँसो करिब ३ बजे अर्घाखाँचीको पाणिनी गाउँपालिका–२ डाँडाकटेरीस्थित सिद्ध सामुदायिक वनमा विष्णुबहादुरलाई मृत फेला पारेको हो ।

हत्यामा संलग्न गौतम आइतबार बिहान साढे ९ बजे नेपाल–भारत सीमा क्षेत्र बेलहियावाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका निमित्त प्रमुख डीएसपी ठगबहादुर केसीले बताए ।प्रहरीका अनुसार विष्णुबहादुरले गौतमलाई १६ लाख रुपैयाँमा पछि पैसा भुक्तानी गर्नेगरी ट्रक नामसारी गरिदिएका थिए । तर, गौतमको घर निर्माण र मोटरपार्ट्स सञ्चालन गर्दा लागेको ऋणका कारण ट्रकको पैसा बुझाउन सक्ने अवस्थामा थिएनन् ।

ट्रकको पैसा तिर्न नसक्ने भएपछि गौतमले हत्या गर्ने योजना बनाएर विष्णुबहादुरलाई गत सोमबार अर्घाखाँचीस्थित आफ्नो घर लिएर गए ।त्यसको भोलिपल्ट गौतमले कालिज मार्न भनी विष्णुबहादुरलाई जंगलमा लगेर पछाडिबाट टाउकोमा नट खोल्ने फलामको हवीलले प्रहार गरी हत्या गरेको र सोही स्थानमा रहेको भीरबाट तल खसालेको प्रहरीले जनाएको छ ।गौतमले विष्णुबहादुरको हत्यामा प्रयोग गरेको फलामको हवील बुटवल उपमहानगरपालिका–२ मैनावगरस्थित गौतम आफैंले सञ्चालन गरेको जय मोटरपार्ट्समा लुकाइछिपाइ राखेको अवस्थामा फेला पारी बरामद गरेको छ ।पक्राउ परेका गौतममाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

 

सम्बन्धित समाचार