एकाबिहानै दाउन्नेमा बसमा आगो लाग्दा २५ यात्रु घाइते,बस जलेर पुर्ण नष्ट

सुरेश परियार,साउन ११ गते,
नवलपुर जिल्लाको बिनयी त्रिवेणी गाउँपालिका स्थित दाउन्नेमा बसमा आगो लाग्दा बसमा सबार २५ जना यात्रु घाइते भएका छन । जसमध्ये ६जना गम्भीर घाइते छ्न ।

आज(बुधबार) बिहान ५:३० बजे महेन्द्रनगरबाट काठमाण्डौ जाँदै गरेकोे ना ५ ख ५१०० नम्बरको यात्रु बहाक बस बिनयी त्रिवेणी गाउँपालिका वडा न.२ रमाइलोडाडाँमा एक्कासि दुर्घटना भई बसमा अचानक आगो लागेको इलाका प्रहरी कार्यालय दुम्किबासका प्रहरी निरीक्षक रामनारायण गुप्ताले जानकारी दिए ।

घाइते सबैलाई जिल्ला अस्पताल डण्डामा उपचारका लागी पठाइएको प्रहरी निरिक्षक गुप्ताले उल्लेख गरेका छन् भने घाइतेको पहिचान अझै खुल्न सकेको छैन् । तिव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ भने घटना सम्बन्धी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार